Friday, January 21, 2022
Home > समाचार > ३० हजार घुससहित लालबाबु पण्डित र सिंह पक्राउ

३० हजार घुससहित लालबाबु पण्डित र सिंह पक्राउ

महोत्तरी, गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन्।थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिएका छन्।

साभार :DCnepal

यो पनि पढ्नुहोस :

वासिङ्टन डिसी, अमेरिका । अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ।

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख माइक पोम्पेओ र नेता किमबीच भेटवार्ता भएको जनाइएको छ।

उनीहरूबीच उत्तरपूर्वी एसियाली मुलुकमा एक हप्तापहिले गोप्य भेट भएको राष्ट्रपति ट्रम्पको ट्वीटर सन्देशमा उल्लेख छ।

सन्देशमा भनिएको छ, “गतहप्ता माइक पोम्पेआले उत्तर कोरियाली नेता भेटेका थिए। दुई अधिकारीबीच भएको भेटमा दुई मुलुकबीचका असमझदारीलाई हटाउने बिषयमा कुराकानी भएको भेट सकारात्मक रहेको छ।” भेट दुईदेशबीचको सम्बन्ध सुधारका लागि उपयोगी भएको अमेरिकी राष्ट्रपतिको भनाई छ।

कोरियाली प्रायदीपमा देखिदै आएको विवाद तथा उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणले लिएको तनावपूर्ण अवस्थामा केही समय पहिले दक्षिण कोरियामा भएको शीत ओलम्पिक खेलमा प्योङयाङले सहभागिता जनाउने एक्कासी निर्णय आएपछि क्रमशः सुधारका सङ्केत देखिएका छन्। रासस/सिन्ह्वा

Leave a Reply

error: Please Dont Copy My Content!! !!