Wednesday, November 30, 2022
Home > समाचार > अब यस्तो विभत्स रिपोर्ट कहिले पनि देखाउन नपरोस भन्दै रविले देखाए कारुणिक विभत्स भिडियो -हेर्नुहोस भिडियो

अब यस्तो विभत्स रिपोर्ट कहिले पनि देखाउन नपरोस भन्दै रविले देखाए कारुणिक विभत्स भिडियो -हेर्नुहोस भिडियो

न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३११ औं एपिसोड हो । आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु पनि प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा सुधार गृहमा चरम यातना पाएका २१ जनाको उद्धार र सञ्चालकलाई पक्राउ गरिएको विशेष रिपोर्ट प्रस्तुत गरिएको छ । साथै यसै विषयबस्तुलाई लिएर प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग लाइभ कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. सुधार गृहमा चरम यातना पाएका २१ जनाको उद्धार, सञ्चालक जेलमा !

काठमाडौं । लागु औषधमा फसेका आफ्नै छोरालाई नयाँ जीवन दिन ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहमा राखेकी विराटनगरकी (नाम परिवर्तित) सुनिता भट्टले छोरालाई रमेश भट्ट नयाँ जीवन पाउने आशामा सुधार गृहको फोन नम्बर मन्दिरका नाममा सेभ गरेकी थिइन् ।

१८ महिनादेखि सुधार गृहमा रहेको छोरालाई पटक पटक भेट्न आउँदा सञ्चालकले अहिले सुधार हुने प्रक्रियामा रहेकाले भेट्न नमिल्ने भन्दै सिसी क्यामेरा ध्यान गरेको देखाएर विदा गर्थे । यो अवधिमा झण्डै ५ लाख बढी शुल्क बुझाइसक्दा छोरा सुध्रिएर फर्किने बेला सुधार गृहबाट भागेको छोराले गुहार माग्दै आमालाई फोन गर्दा उनी छाँगाबाट खसे जस्तै भइन् ।

सुधार गृहमा आँफुले चरम यातना पाएपछि मध्यरातमा ताला फोडेर भागेको छोराले आफुमाथि भएको अत्याचार सुनाएपछि उनकी आमा छाङ्गाबाट खसेजस्तै भईन् । गृहको हर्कत सुनाइरहँदा उनीसँगै भागेको अन्य १२ जनाको पीडा उस्तै थियो ।

२. के साच्चिकै निर्मला पन्तका हत्यारको पत्ता लागेको हो ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ ।

भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको समाचारहरु बाहिर आएका छन् ।
मिस वल्र्ड प्रतियोगिता सकियो । अनि निर्मला हत्या प्रकरण ? सायद यो पनि सकियो ! देशका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक अभिव्यक्ति दिदै भनेका कुरालाई आधार मान्ने हो भने निर्मलाका हत्यारा पत्ता लागिसक्यो ? बस सार्वजनिक गर्न मात्र बाँकी छ ? श्रृङखला र निर्मलालाई जोडेर धेरै टिका टिप्पणीहरु भए ।

विश्व सुन्दरीकी प्रतिस्पर्धी श्रृङखला र बलात्कार पछि हत्या भएकी निर्मलाबीच के समानता थियो र ? शायद केही पनि थिएन । तर पनि श्रृङखलाका लागि भोट र निर्मलाका लागि न्याय माग्नु संयोग एकै पटक प¥यो । दुई विल्कुलै पृथक बिषय भए पनि नेपाली समाजले देखाएको चासोले स्पष्ट पार्छ कि हामी सायद अब उदार हुँदै छौँ ।

धेरै अघिको कुरा होइन जब मुलुकमा सुन्दरी प्रतियोगीता हुँदा सभाहलको बाहिर नारा र जुलुस निकालिन्थ्यो । आज समय फरक छ । सुन्दरी प्रतियोगीतालाई शरीरको सुन्दरता र शरीरको प्रर्दशन भन्ने सोच व्याप्त थियो । बिषेश गरी कम्युनिष्ट नेताहरु सुन्दरी प्रतियोगिताको विरोध गर्दथे ।

र आज संयोगले नाम नै विरोध भएका कम्युनिष्ट नेता कै छोरी विश्व सुन्दरी प्रतियोगिताको टप १२ सम्म पुग्न सफल भइन् । यति हुँदा पनि हिजो प्लेकार्ड बोकेर विरोध गर्ने नेता तथा नेतृहरुले आत्म आलोचना गरेका छैनन् । श्रृङखलाको उपलब्धीले गर्वले छाती फुलेकाहरुको मनमा हिजोको विरोधको चित्र त धमिलै भए पनि झलमल आइरहेकै होला नी ।

उनीहरुलाई लाग्दो हो, समय बदलियो । वास्तविकता त्यो होइन, हाम्रा चेलीहरु हिजो पनि सही थिए र आज पनि सही छन् । सुन्दरतालाई केवल शारीरिक मात्र देख्ने केही कमरेडहरुको आँखामा फुलो परेको थियो । आज पनि छोटा लुगा लगाउनु हुन्न भनेर लुगामै केन्द्रित हुने अभिभावकहरु छन् ।

पढाइमा अब्बल र फेशनमा पनि अब्बल श्रृङखलाहरु यो देशै भरी छन् । शरीर र हृदयको सुन्दरताको खोजी गरेर मिस नेपाल लगायतका प्रतियोगिता आयोजना हुनु न हिजो उच्श्रृङखल थियो न आज न भोली न उच्श्रृङखल हुनेछ । साँघुरो सोच फराकिलो हुन एउटा युग नै पर्खिनु प¥यो ।

अब कुरा निर्मलाको । सुन्दरी प्रतियोगिता सकिएकै दिन सरकारका उपप्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लागेको उद्घोष गरेका छन् । अपुष्ट समाचारका अनुसार २ जना युवकले यो अपराध स्वीकार गरेका छन् । निर्मलाको हत्यारा पत्ता लागेछ, स्याबास सरकार ! स्याबास नेपाल प्रहरी ! तर हत्यारा सार्वजनिक गर्नु अघि २/४ प्रश्नको उत्तर चाँही तयार पार्नू होला ।

१. दिलिप सिंह बिष्टलाई किन दोषी बनाइएको ? २. डिएनए म्याच नगरिकन किन सार्वजनिक गरिएको ? ३. अनुशन्धानमा संलग्न उपसचिवले किन सुरक्षाको खतारा भएको अभिव्यक्ति दिएको ? ४. सुरुवाल किन पखालिएको ? ५. निर्मलाको बुबाको हस्ताक्षर किन किर्ते गरेको आदिआदि ?

अपराध स्वीकार गरेका भनिएका युवाहरु कुनै हाइ प्रोफाइल लाग्दैनन् । सामान्य सर्वसधारण देखिन्छन् । एसपी बिष्ट र उनको टिमले न्वारन देखिको बल लगाएर यिनै दुइटा केटालाई जोगाउन खोजको हो त ?

अब डिएनए जाँच प्रहरीले नै गर्दा आम सर्वसाधारणलाई विश्वास लाग्ला त ? हामीलाई विश्वास छ, देशका उप प्रधानमन्त्रीले उप बुज्रुक भएर होइन यी सारा प्रश्नको उत्तर लिएर नै सार्वजनिक घोषणा गरेका हुन् ।

नत्र हिरो हुने होडमा जीरो हुन कति पनि बेर लाग्दैन । एक घण्टा अघिसम्म सिआइबीले अपराधी पत्ता लागेको पुष्टी गरेको छैन । तर उपप्रधानमन्त्री ईश्वर पोखरेल ज्युलाई भन्ने, अनि मिडियालाई चाही नभन्ने नयाँ नीति पो हो की ?

निर्मला काण्डमा यत्रो आलोचना खेपेको सरकारले निर्मलाको हत्यारा पत्ता लगाउँदा सानो स्वरमा बोल्छ र ? निर्मलाको हत्यारा पत्ता लागेको हो भने त सरकारको बचाउ कर्ताहरुले दिन दहाडै मान्छे कुट्दै हिड्न सक्छन् ।

उपप्रधानमन्त्री ज्युको मुखमा दुधभात जाओस् अनि निर्मला काण्डलाई लिएर सरकारको खेदो खन्नेहरुले केही दिन हेलमेट लगाएरै हिडेको राम्रो । आफ्नो सुरक्षा आँफैले नगरे कसले गर्छ र ?

Leave a Reply