Thursday, December 9, 2021
Home > जीवनशैली > पानीको दुःखका कारण टुक्रिएको हिमाली गाउँ, मन छुने भिडियो हेरेपछि शेयर गर्नुहाेला…

पानीको दुःखका कारण टुक्रिएको हिमाली गाउँ, मन छुने भिडियो हेरेपछि शेयर गर्नुहाेला…

एजेन्सी । विश्वभरि ४० करोड मानिसहरू खानेपानी र खेतीपातीका लागि हिमतालमा आश्रित छन्।

तर पृथ्वीको बढ्दो तापक्रम र कम हिउँ पर्न थालेपछि हिमतालहरू खुम्चिँदै र सुक्दै गइरहेका छन्। कति त सुकिसकेका छन्। कैयौँ गाउँहरूले गम्भीर पानी सङ्कट भोगिरहेका छन्। कैयौँ गाउँहरू मानिसले छोडेर गएपछि रित्तिएका छन्। पानीकै कारण छुट्टिएको लद्दाखको एउटा गाउँको कथा यो भिडिओमा।

भिडियो हेर्नुहाेस्

(आमिर पीरजादाको रिपोर्टिङ, नेहा शर्माको छायाङ्कन र सम्पादन)

यो पनिः एमसीसी गिजोलिएका बेला यी किन नेपालमा?
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन् ।नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उनी नेपाल आउन लागेका हुन् । सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

यस्तै काठमाडौंस्थित नेपाली दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ भोलि बिहीबार काठमाडौं आउँदैछन् । सहायक विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेट गर्नेछन् । उनले सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने कार्यक्रम पनि छ ।

उपसहायकमन्त्रीले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण हुन लागेको हो। कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दुतावासले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!