Thursday, July 15, 2021
Home > समाचार > मिस वल्डमा पक्षपात भयो भन्दै पुर्व मिस नेपाल माल्भिका सुब्बाले सामाजिक संजालमा यस्तो लेखिन

मिस वल्डमा पक्षपात भयो भन्दै पुर्व मिस नेपाल माल्भिका सुब्बाले सामाजिक संजालमा यस्तो लेखिन

काठमाडौं, २१ मंसिर । चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा श्रृखला खतिवडा टप १२ बाटै बाहिरिएपछि पूर्व मिस नेपाल माल्भिका सुब्बाले मिस वल्र्डको मूल्याङ्कन ‘अन फेयर’ भएको दाबी गरेकी छिन् । सुब्बाले खतिवडा टप ५ का लागि योग्य भएको भन्दै तर नछानिएकोप्रति रोष प्रकट गरेकी हुन् ।

माल्भिका सुब्बा

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी मिस नेपाल श्रृङ्खला अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भएकी थिइन् । तुलनात्मक रुपमा श्रृङ्खला अब्बल प्रतियोगी रहेको भन्दै उनले उपाधी जित्नेमा धेरैले आशा राखेका थिए । तर, श्रृङ्खला टप १२ बाटै बाहिरिएपछि माल्भिका जस्तै धेरै उनका शुभेच्छुक दुखी भएका छन् ।

उनी दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन् । उनले मिस वल्र्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस भने जितेकी छिन् ।श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।मिस वल्र्डमा यस पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

तुलनात्मक रुपमा श्रृङ्खला यसपालीका सहभागीहरु मध्ये सबैभन्दा क्षमतावान् प्रतियोगी भएको बिश्लेषण भएको थियो । सामाजिक सञ्जाल र विदेशी अनलाइन मिडियाहरुमा उनले उपाधि जित्ने दाबी गरिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!