Thursday, December 9, 2021
Home > मनोरञ्जन > नेपाली चेलीको चमत्कार : नेपाली चेली श्रृंखला खतिवडा टप १२ मा पुगिन्, फाइनल अझै सकिएको छैन (फोटो फिचरसहित)

नेपाली चेलीको चमत्कार : नेपाली चेली श्रृंखला खतिवडा टप १२ मा पुगिन्, फाइनल अझै सकिएको छैन (फोटो फिचरसहित)

काठमाण्डौ – मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी श्रृंखला खतिवडा टप १२ मा पुगेकी छन् । टप ३० बाट शृंखला १२ मा पर्न सफल भएकी हुन् ।केहि दिन अघि सर्वाधिक भोटसहित नेपाली सुन्दरी श्रृंखला खतिवडालाई मिस वर्ल्ड फाइनल राउन्डमा पुर्याउने जोडबल गरिरहेका प्रशंसकहरुका लागि त्यो निर्णय निकै फरक थियो।

 

नेपालीका लागि निकै सुख्द त्यो निर्णय थियो, नेपाल सुन्दरी श्रृंखला खतिवडा ब्युटीविथ पर्पस विधाबाट शीर्ष ३० मा छनौट हुँदै फाइनल राउन्ड प्रवेश। भोटिङमा शीर्ष स्थानमा रहेकी उनी मल्टिमिडिया अवार्डसहित फाइनल राउन्डमा पुग्ने सबैको अपेक्षा थियो। तर अर्कै विधाबाट उनी शीर्ष ३० चरणमा पुगिन्। हेड टू हेड च्यालेन्जबाट बाहिरिएपछि उनको फाइनल यात्रालाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा त्यो निर्णय आएको थियो।

‘साँच्चै भन्नुपर्दा ब्युटी विथ पर्पसको उपाधि मेरा लागि मिस वर्ल्ड जिते जतिकै महत्वपूर्ण छ’, उपाधि हात पारेपछि मिस वर्ल्डका सोसल मिडिया संवाददाता जेके मिराजलाई अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्, ‘तर अझै धेरै गर्न बाँकी छ। टाइटलका लागि थप मिहिनेत गर्नेछु।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!