Thursday, December 9, 2021
Home > जीवनशैली > घरको भान्छामा सबैलाई चकित पार्ने स्वर भेटियो, अर्को तारादेवीकै स्वर भन्छन् गाउँलेहरू… (भिडियो हेर्नुस)

घरको भान्छामा सबैलाई चकित पार्ने स्वर भेटियो, अर्को तारादेवीकै स्वर भन्छन् गाउँलेहरू… (भिडियो हेर्नुस)

मोरँङ जिल्लाको बेलबारीमा निकै नै मिठो आवाज भएकी एक गायिका भेटिएको छ । ३३ बर्षकी बिवाहित पद्मा उप्रेती नामकी उक्त गायिका हालसम्म आफ्नै घरको सानो भान्छा कोठाभित्र गाएर बसेकी थिईन् ।

यसैबिच शिशिर भण्डारी उनको घरमा पुगेर पद्माको प्रतिभा बाहिर ल्याएका छन् । उनको आवाज र अन्तर्वार्ता बाहिर आएसँगै धेरैले उनको आवाज कर्णप्रिय आवाजकी धनी चर्चित गायिका तारादेवीसँग मेल खाने बताए । कतिले शिशिर भण्डारीलाई उनको गीत निकाल्दिन अनुरोध पनि गरेका छन् ।

२ सन्तानकी आमा पद्मा पहिले पहिले गाउँको मन्दिरमा भजन गाउने गर्थिन् । पछि सन्तान भएपछि त्यहाँ गाउन पनि छोडिन र बिचमा उनले गायन बिर्सिसकेकी थिईन् । पछि टिकटक आएसँगै उनी लाईभमा जाने र गाउने गर्न थालिन् सबैले उनको कलालाई रुचाए र गीत गाउन अनुरोध गरे ।

घरको समस्या र गरिवीका कारण गीत निकाल्न चाहेर पनि निकाल्न नसककेकी पद्मा कसैले सहयोग गरे आफुले गीत निकाल्ने बताउँछिन् । सुन्नुहोस पद्माको आवाज र उनको दुखद जीवन काहनी । साँच्चै मिठो स्वरले तपाईको मन छुनेछ ।

भिडियो हेनुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!