Thursday, December 9, 2021
Home > अन्तराष्ट्रिय > सर्वियासँग पोर्चुगल हारेपछि यसरी रोए रोनाल्डो…

सर्वियासँग पोर्चुगल हारेपछि यसरी रोए रोनाल्डो…

एजेन्सी । पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।

आइतबार कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलको घरेलु मैदानमा रेनेटो सान्चेसले सुरुआती गोल गरेपनि सर्बियाले खेलमा पुनरागमन गरेको हो । खेलको ३३औँ मिनेटमा डुसान टाडिकले गोल गरे भने खेलको ९०औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए ।

जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ । पराजयसँगै विश्वकप छनोट खेलहरूमा आफ्नो घरेलु मैदानमा अपराजित रहने पोर्चुगलको यात्रामा पूर्ण विराम पनि लागेको छ ।

पछिल्लो पटक पोर्चुगल सन् २०१३ को अक्टोबरमा पराजित भएको थियो । यसरी पोर्चुगल घरेलु मैदानमै पराजित बनेपछि विश्व चर्चित भनिएका रोनाल्डो मैदानमै भावुक बनेर आँशु खसाल्न पुगेका छन् । सायद मार्चको खेलहरूमा राम्रो प्रदर्शन सहित बिजय हाँसिल गर्न नसके अब कतारमा हुने बिश्वकपमा रोनाल्डो नआउने पक्का जस्तै बन्नेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!