Wednesday, November 30, 2022
Home > मनोरञ्जन > फाइनल राउन्डमा नेपाली पोशाकमा निकै सुन्दरी देखिदै आईन शृंखला, देखियो यस्तो दृश्य (फोटो फिचरसहित)

फाइनल राउन्डमा नेपाली पोशाकमा निकै सुन्दरी देखिदै आईन शृंखला, देखियो यस्तो दृश्य (फोटो फिचरसहित)

मिस वर्ल्ड प्रतियोगितामा चार दिनअघि एउटा फरक निर्णय सार्वजनिक हुँदा धेरै नेपालीले उल्लास मनाए। सर्वाधिक भोटसहित नेपाली सुन्दरी श्रृंखला खतिवडालाई मिस वर्ल्ड फाइनल राउन्डमा पुर्याउने जोडबल गरिरहेका प्रशंसकहरुका लागि त्यो निर्णय निकै फरक थियो।

नेपालीका लागि निकै सुख्द त्यो निर्णय थियो, नेपाल सुन्दरी श्रृंखला खतिवडा ब्युटीविथ पर्पस विधाबाट शीर्ष ३० मा छनौट हुँदै फाइनल राउन्ड प्रवेश। भोटिङमा शीर्ष स्थानमा रहेकी उनी मल्टिमिडिया अवार्डसहित फाइनल राउन्डमा पुग्ने सबैको अपेक्षा थियो। तर अर्कै विधाबाट उनी शीर्ष ३० चरणमा पुगिन्। हेड टू हेड च्यालेन्जबाट बाहिरिएपछि उनको फाइनल यात्रालाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा त्यो निर्णय आएको थियो।

‘साँच्चै भन्नुपर्दा ब्युटी विथ पर्पसको उपाधि मेरा लागि मिस वर्ल्ड जिते जतिकै महत्वपूर्ण छ’, उपाधि हात पारेपछि मिस वर्ल्डका सोसल मिडिया संवाददाता जेके मिराजलाई अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्, ‘तर अझै धेरै गर्न बाँकी छ। टाइटलका लागि थप मिहिनेत गर्नेछु।’

हुन पनि विश्वका १२१ देशका सुन्दरी सहभागी मिस वर्ल्ड २०१८ मा यो पटक सुरुदेखि नै नेपाल सुन्दरी श्रृंखलाले राम्रो प्रस्तुति गरेकी छिन्। नेपालमा धेरै चर्चा मल्टिमिडियाको भए पनि राम्रो प्रस्तुतिकै कारण ब्युटी विथ पर्पस उनको पोल्टामा पुगेको हो।ब्युटी विथ पर्पस र मल्टिमिडिया अवार्डसहित दुई विधामा उत्कृष्ट हुँदै फाइनल राउन्ड प्रवेश गरेकी श्रृंखला खतिवडाले के विश्व सुन्दरीको ताज पहिरिहँदै इतिहास रच्लिन्?

यसकाे जावफ सहज छैन। किनभने यसअघि पनि नेपाली सुन्दरीहरू फाइनल राउन्डसम्म पुगेका हुन्। ब्युटी विथ पर्पसकाे अवार्ड पनि जितेका हुन्। फाइनल राउन्ड निकै कठिन हुने पूर्व मिस नेपालहरू बताउँछन्।

ब्युटी विथ पर्पसमा श्रृंखलाले चितवनस्थित चेपाङ बस्तीमा निर्माण गरेको स्वास्थ्य चौकीलाई प्रस्तुत गरेकी थिइन्। याे विजयमा प्रशसंकको भोट पनि अर्को कारण थियो। मिस वर्ल्डकाे आधिकारिक प्लाटफर्ममा आएको भोटका आधारमा श्रृंखलाले मल्टिमिडिया अवार्ड जितेकी हुन्। यसका लागि नेकपा नेता एवं सांसद विरोध खतिवडाकी छोरी उनलाई जिताउन सरकार, सत्तारुढ दल नेकपा एवं गैरवआवासीय नेपाली संघले आधिकारिक आह्वान नै गरेका थिए।

अब फाइनल राउन्डमा श्रृंखलाका लागि भाेटभन्दा आफ्नो प्रस्तुति बढी महत्वपूर्ण हुनेछ। त्यसका लागि उनले आफ्नो प्रस्तुति निखार्नुकाे विकल्प छैन। ३० जना सुन्दरीबीच समूह विभाजन गरी प्रतिस्पर्धा गराउँदा उनले आफूलाई अब्बल सावित गर्नैपर्ने हुन्छ। यदि यो राउन्डमा उत्कृष्ट हुन सके उनी ३० जनाबाट छानिएर शीर्ष १५ को चरणमा मा पुग्नेछिन्। १५ जनाबीचको प्रस्तुतिमा पनि अब्बल ठहरिए उनी शीर्ष ५ मा पुग्नेछिन्।

यिनै शीर्ष ५ जनाबाट मिस वर्ल्ड, फर्स्ट रनर अप, सेकेन्ड रनर अप छनौट हुनेछन्। बाँकी दुई जनाले खाली हात फर्किनु पर्नेहुन्छ। यी चरणहरू पार गरे मात्रै उनले मिस वर्ल्डकाे ताज भेट्नेछिन्।

Leave a Reply