Thursday, December 9, 2021
Home > भिडियो > “एक पटकको नेपाली सधैको नेपाली” अवस्य हेर्नुहाेस् (भिडियो हेर्नुहाेस्)

“एक पटकको नेपाली सधैको नेपाली” अवस्य हेर्नुहाेस् (भिडियो हेर्नुहाेस्)

गीतकार प्रमीला बस्नेतको रचना रहेको एकपटकको नेपाली सधैको नेपाली बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ ।

सरोज प्याकुरेलको संगीत रहेको गीतमा बरिष्ट एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ । यो गीतलाई बरिष्ट साउन्ड इन्जिनियर प्रदिप उपाध्यायले मास्टरिङ गर्नु भएको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेटिएको गीतमा विदेशमा बस्ने नेपालीको पिडा, नेपालमा गरेको समजसेवा र नेपाल प्रतिको मायालाई समेटिएको छ ।

विदेशमा बस्ने कतिपय नेपालीले वाध्यताले त्याँहाको सिटिजनसिप वा ग्रीन कार्ड लिएका हुन्छन् । त्यो लिदैमा नेपाली मन र नेपाल प्रतिको माया नमेटिने गीतमा उल्लेख भएको छ । त्यस्तै विदेशमा कामको सिलसिलामा बसेका नेपालीको पिडा पनि गीतले बोकेको छ । यो गीतको भिडियोमा पनि चारै जना गायक गायीका तथा प्रमिला बस्नेत, देवी अधिकारी र केशव अधिकारीको अभिनय रहेको छ ।

भिडियोमा बासु बरालको छायांकन, देबेन्द्र कुवरको क्रोरियोग्राफी तथा कृएटिभ डाइरेक्सन र अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा नेपाल र नेपाल वाहिरको दृष्य समेटिएको छ । डाक्टर घनश्याम खतिवडाको स्वरमा न्यारेसन रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।

विदेशमा बसेर नेपाललाई धेरै माया गर्ने गीतकार प्रमिला बस्नेतले एनआरएनको नेपाल प्रतिको माया र प्रेमलाई समेटेर यो गीत तयार गरिएको जनाएकी छिन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!