Sunday, July 11, 2021
Home > समाचार > सडकमा गुडिरहेकाे स्करपियो एकाएक पसल भित्रै छिरेपछि यस्तो दुःखद घटना… हेर्नुस

सडकमा गुडिरहेकाे स्करपियो एकाएक पसल भित्रै छिरेपछि यस्तो दुःखद घटना… हेर्नुस

जनकपुरधाम । गएराती जनकपुरको रामचोकमा तीव्र गतिमा रहेको स्कोरपियो गाडी दुर्घटना भएपछि तीन जना घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ रामचोक स्थित अति तीव्र गतिमा रहेको भारतीय नम्बर प्लेटको स्कोरपियो दुई पसलको बीचमै छिराएपछि दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरको मुरलीचोक जनकचोक सडकखण्डको बीचमै पर्ने रामचोकमै BR 06 PD 6879 नम्बरको स्कारपियो अनियन्त्रित भई पसलको बिचमै छिरेपछि तीन जना गम्भिर घाईते भएको जिल्ला पं्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ताले जानकारी दिए ।

स्कारपियो अनियन्त्रित भई बाटोबाट ५ फिट अगाडी दुईटा पसलको बिचमै ठोकिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । यता, घाईतेहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चालकले मदिरा सेवन गरी सवारी चलाएको कारण यत्रो दुर्घटना हुन पुगेको अनुमान गरेका छन् । सवारी क्षतिग्रस्त रहेको छ भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेको छ । चालकको समेत खोजी कार्य जारी राखेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!