Thursday, December 9, 2021
Home > समाचार > खुशीकाे खबरः प्रधानमन्त्री अोलीले नेपालकाे विकास बारे दिए यस्तो सँकेत… हेर्नुहाेस

खुशीकाे खबरः प्रधानमन्त्री अोलीले नेपालकाे विकास बारे दिए यस्तो सँकेत… हेर्नुहाेस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र विकासको देश हुनसक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनुपर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।’

प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना (२०७६÷०७७ –२०८० ÷०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । ‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’

स्वदेशमा रहेका फलामखानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । ‘विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नुपर्दछ ।’

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने समेत बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!