काठमाण्डौ – निर्मला पन्तको बाबुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको परिवारका सदस्यले बताएका छन् । केहि दिन अगाडी कञ्चनपुरबाट उपचारको लागि काठमाण्डौ ल्याएपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको परिवारका सदस्य र डाक्टरले बताएका हुन् । पहिलाको तुलनामा यज्ञरात पन्तको स्वास्थ्य अवस्था धेरै सुधार हुँदै गएको उनकी श्रीमती दुर्गा पन्तले जानकारी दिईन् ।
‘उता (कञ्चनपुर) बाट ल्याएको भन्दा धेरै राम्रा भएका छन्’ दुर्गा पन्तले सञ्चार माध्यमलाई भनिन्, ‘ठिक पारेर घर पठाउने डाक्टरहरुले बताएका छन् ।’ छोरी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै धर्नामा बसेपछि उनको मानसिक सन्तुलन एकाएक बिग्रीएको थियो ।
उनले धर्नास्थलमै असामान्य कृयाकलाप देखाउन थालेपछि उनलाई स्थलमार्ग हुँदै उपचारको लागि काठमाण्डौ ल्याइएको थियो । पतिको उपचारको लागि काठमाण्डौ आएकी दुर्गाले निर्मलाको न्यायको लागि लडी रहने बताएकी छन् ।
राज्यले न्याय दिने आसा मरेको बताउँदै उनले आफुहरुको लडाइँ भने जारी रहने बताईन् । छोरीको हत्यारालाई कारवाहीको माग गर्दागर्दा थाकेको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छन् । अस्पतालको बेडबाट निर्मलाका बाबु रुदै दोस्रो श्रीमतीको राज खोले….भिडियो सहित