Wednesday, December 8, 2021
Home > समाचार > बोक्सीकाे आरोपमा दलित महिलालाई कु’टपि’ट

बोक्सीकाे आरोपमा दलित महिलालाई कु’टपि’ट

सिरहा / सिरहामा बोक्सीकाे आरोपमा दलित महिलालाई कु;टपि;ट गरेकाे आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कु;टपि;ट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सिको आरोप लगाउँदै कु;टपि;ट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बोक्सीको आरोप लगाई आफूमाथि कु;टपि;ट गरी अमानवीय व्यवहार गरेको पीडितकाे उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हाे । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।

जापानले बनायो उड्ने बाइक
एजेन्सी। जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ।

यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ। यो टेक्नोलोजीले तहल्का मचाएपछि चीन र अमेरिकालाई झट्का लाग्ने संकेत देखिएको छ। तेस्तै, जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ। कम्पनीका कार्यकारी अधिकारी सुही कोमाट्सुले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफ्नो कम्पनीले ग्राहकलाई वितरण गरिसक्ने बताएका हुन्।

यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ। कम्पनीले आफ्नो बाइक कस्तो हुने भनेर परीक्षण गरेरसमेत देखाएको छ। यस्ता बाइक धेरै सवारीको चाप हुने स्थानमा प्रयोग गर्न सकिने कम्पनीको धारणा रहेको छ। जापान टाइम्सका अनुसार साना कारहरुको हाराहारीमा उड्ने बाइकको मूल्य हुने जनाइएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!