Wednesday, December 8, 2021
Home > समाचार > पोखरामा स्कुल बसबाट ख’सेर एक विद्यार्थीको मृ’त्यु

पोखरामा स्कुल बसबाट ख’सेर एक विद्यार्थीको मृ’त्यु

पोखरा । पोखरामा स्कुल बसबाट ख’से’र एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट ख’से’र ग’म्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।

ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट ख’से’र गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चो’ट ला’गेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।

गायिका मधु क्षेत्री रिलेशनमा भएकाे खुलाशा (भिडियो)
काठमाडौ । सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी हुन् गायीका मधु क्षेत्री । कैलालीकी उनी सो गीतवाट निकै चर्चित भइन् । सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।

२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । तर उनी सफल हुन सकेकी थिइनन् । तर यो गीतले उनलाई धेरै माझ चिनायो । उनी जति चर्चित भइन् उनको जिवनको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । उनी एक्लै छोरी हुर्काएकी छन् । १५ वर्षकी छोरी छन् । वैवाहिक जिवन असफल भएपछि उनको संघर्ष सुरु भएको हो ।

तर अहिले उनै मधुले आफु प्रेममा रहेको कुरा स्वीकार गरेकी छन् । तर उनले जसलाई प्रेम गर्छिन उनीसंग प्रत्यक्ष भेट भने भएको छैन । प्रेमीको परिवार र आफ्नो परिवारबीच कुराकानी हुने गरेको उनले बताएकी छन् । मलाई उहाँको परिवार पनि आफ्नै बुवा आमा जस्तै लाग्छ उहाँहरुले मलाई निकै माया गर्नुहुन्छ, मधुले भनिन् तर विवाहका बारेमा भने अहिले कुनै योजना बनाएका छैनौं ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!