Wednesday, December 8, 2021
Home > समाचार > यील२ तामाङ र मगर मिलेर घरअगाडी आँगनमा गरे यस्तो अपराध, छिमेकीले दिए बयान

यील२ तामाङ र मगर मिलेर घरअगाडी आँगनमा गरे यस्तो अपराध, छिमेकीले दिए बयान

काठमाडौ, कात्तिक ८ । ४० हजार रुपैंया लुट्न ह’त्या ग’री मृतककै आँगनमा पुर्ने अभियोगमा प्रहरीले दुइ जना व्यक्ति पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी फरार रहेका आरोपमा काभ्रे खानीखोला ८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर ७ का छिरीङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरीएको अवस्थामा लाश फेला परेको थियो ।

घर अगाडि आँगनमा मानिसको दुवै खुटाको औँला मात्र देखिने गरी खाल्डो खनी वालुवाले पुरेको अवस्थामा ६३ बर्षीय दाहालको लाश फेला परेको थियो । घर अगाडी लाश फेला परेपछि प्रहरीले केनाईन महाशाखा, काठमाण्डौमा समन्वय गरि विशेषज्ञ सहित कुकुरको टोली झिकाइ अनुसन्धान शुरु गरेको थियो ।

घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा २ जना अपरिचित पुरुष व्यक्तिहरु आउने जाने गर्ने गरेको भन्ने सुचनाको आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए ।

मृतक दाहालले प्रयोग गर्ने मोवाईल मृतकको साथमा फेला नपरेको तर मोवाईल भने चालु नै रहेकोले सोही मोबाइलको लोकेसनको आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।

मगर पक्राउ परेपछि उनैकै बयानको आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । ४० हजार लुट्न ह’त्या – मृतक दाहाल र आरोपीहरुविच दाहालको घर बनाउन ठेक्का लिने सहमती भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयां बनाउनु पर्ने भएकोले मृतकसंग ठेक्कामा लिने दिने र असोज २० गतेबाट काम शुरु गर्ने सहमती भएको थियो ।

काम शुरु गर्न ४० हजार रुपैंया पेश्की दिने समेत मौखीख सहमती भएको खुल्न आएको प्रहरीको दावी छ । सहमती भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नको लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

आरोपीहरुले असोज १९ गते राती नै दाहालको ह’त्या ग’रे’को प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । आरोपीहरुमध्ये मगरले कोदालोले दाहालको टाउकोमा प्रहार गरेको र मृत्यु भएपछि दुवैजना मिलेर मृतककै घरअगाडी आँगनमा खा’ल्डो ख’नेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ । छिमेकीहरूले पक्राउ पर्ने कृष्ण र छिरिङ नै केही दिन यता मृतकको घर आइरहेको भन्ने सनाखत गरेका छन्। उनीहरुलाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!