Wednesday, December 8, 2021
Home > धर्म सँस्कृति > मान्दै आएको धर्म संस्कृति माथि भएको अतिक्रमणको नायिका करिश्माले यसरी विरोध गरिन्

मान्दै आएको धर्म संस्कृति माथि भएको अतिक्रमणको नायिका करिश्माले यसरी विरोध गरिन्

काठमाण्डौ । नायीका करिश्मा मानन्धरले आफुहरुले मान्दै आएको धर्म संस्कृति माथि भएको अतिक्रमणको विरोध गरेकी छन् ।

उनले आफुलाई प्रकृति पुजक हिन्दु भन्दै आफुले पुजा गर्ने आस्थाका वस्तुलाई अन्य धर्ममा आस्था राख्नेहरुले ढुँगा भनेकोमा चित्त दुखाएकी छन् । उनले हिन्दुहरुले निधारमा लगाउने रातो टिका र शिव भगवानको डमरु र त्रिशुलमा प्रश्न उठाएकोमा पनि चित्त दुखाएकी छन् । मलाई थाहा छ यो सबै कुरा लेख्दा मैले धेरुै गा ली खान्छु भन्दै उनले शुक्रवार सामाजिक सञ्जाल फेसवुकमा लामो स्टटास लेखेकी छन् उनको स्टाटस जस्ताको त्यस्तै ।

मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ । गा ली खान्छु त्यो पनि थाहा छ । राजनीतिमा अलि सचेत भएको भनेको २०४६ सालको आन्दोलन देखि हो । त्यो पनि पल्लो घरको अगाडि साथिलाइ भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पि टिपि टि मा’रे का थिए, त्यो देखेर । त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ । पर्खालमा उम्रेको बनस्पति को डोब त्यो बाटो हिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ?

शान्ति, फेरि सुरु भयो जनआन्दोलन । बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृ त मानव श’री रहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो । तेस पछि त के के हो के के ? दरबार का ण्ड । तेतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृति प्रती सम्मान थियो ।

पृथ्वीनारायण शाहले भनेको कुरा ूचार जात छत्तीस वर्ण, हिन्दु ,बुद्दिस्ट, मुस्लिम , किरात ,डोम, शिख सबैले सबैको सम्मान गर्थे । पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्यो । हाम्रो देवतालाई ढुङ्गा भन्यो । हामी पंचतत्व पुजँक हौ , प्रकृति पुजँक हौ। धर्म निरिपेक्ष त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो ।

तर अब नयाँ कुरा सुरु भयो । मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो । २० वर्ष जति भयो । अब हुदा हुदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ? भैरव , काली , शिव , गणेश , किन गण हरु को नाम राख्ने भन्ने कुरा आयो । व्यवस्था परिवर्तन भयो । भयेपछी रोएल नेपाल भनिएकाहरु हटाउ । तर हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ?

जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ तेस्तै हामिलाइ पनि हुन्छ होलानी ? अहिलेको अवस्थामा सन् २०११ को जनगणना नुसार हिन्दु ८० प्रतिशतत छ । हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ । तर हेर्नू होला अबको दुइवाटा जनगणना पछि हिन्दुको संख्या ८ प्रतिशत हुनेछ । हाम्रो आर्मी दलको नाम जिजस दल मेरि दल हुनेछ ।
( though i respect them because they are somebody faith)

मन्दिरहरु १००० वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ । नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्याहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो । म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए । आशा छ ८० प्रतिशत हिन्दुहरुलाई यो सब सहन सक्ने शाहास, भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् । हर हर माहादेव 🙏

Leave a Reply

error: Please Dont Copy My Content!! !!