Wednesday, December 8, 2021
Home > रोचक > श्रीमतीले कचकच गरेपछि श्रीमान्‌ले बनाए ३६० डिग्रि घुम्ने घर, २२ सेकेण्डमै मार्छ एक फन्को

श्रीमतीले कचकच गरेपछि श्रीमान्‌ले बनाए ३६० डिग्रि घुम्ने घर, २२ सेकेण्डमै मार्छ एक फन्को

एजेन्सी । पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका छन् । यो अनौठो घर उत्तरी बोस्नियाको सर्बेक सहर नजिकैको एक मैदानमा छ ।

‘हामीले पटक–पटक घर पुनर्निर्माण गरिसकेका थियौँ र श्रीमतीको गुनासोले पनि मलाई थकित बनाइसकेको थियो,’ ७२ वर्षीया कुसिकले भने,‘त्यसपछि मैले पत्नीलाई भनेँ । म एउटा त्यस्तो घुम्ने घर बनाउँछु । जसलाई तिमीले इच्छाअनुसार घुमाउन सक्छौ ।’ अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रूप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ ।

तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’ नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफूले यो घर बनाएको कुसिकले बताएका छन् । ‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइनँ । त्यसैले आफैँ केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने ।

प्रधानन्यायाधीस थप अप्ठेरोमा
काठमाडौ । प्रधानन्याधीस चोलेन्द्र शमशेर जबरा थप समस्यामा परेका छन् । सर्वोच्चका न्यायाधीशहरुको बैठकले गरेको निर्णयका कारण उनी थप अप्ठेरोमा परेका हुन् । न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै अहिलेको संकटको निकास दिनुपर्ने निर्णय लिएको छ।

न्यायाधीश मीरा खड्काको च्याम्बरमा तीन घण्टा भन्दा धेरै लामो बैठक पछि उनीहरुले यस्तो निर्णय लिएका हुन् । प्रधानन्यायाधीशले नै अहिलेको समस्याको निकास दिनुपर्ने निचोड बैठकले निकालेको हो । सर्वोच्च अदालतको बेन्चसमेत अघोषित रुपमा बहिष्कार गरेका उनीहरुले यसबारेमा मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने भएका छन्।

‘अहिलेको संकटको निकास प्रधानन्यायाधीशले नै दिनुपर्छ भन्ने कुरा भएको छ। उहाँलाई हामी भोलि बिहान भेट्दैछौँ’, छलफलमा सहभागी एक न्यायाधीशले भने, ‘अहिलेको समस्या समाधानका उपायबारे भोलि हामी प्रधानन्यायाधीशसँग छलफल गर्छौँ।’

स्रोतका अनुसार छलफलमा सहभागी न्यायाधीशहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका छन्। अहिलेको संकटको कारण नै प्रधानन्यायाधीश भएकाले उनले राजीनामा दिनु नै उचित हुने उनीहरुको मत रहेको छ। यसैबीच सर्वोच्च अदालत बार एसोसियशन र नेपाल बार एसोशियसनको बैठक अहिले बसिरहेको छ दुवै बारको नेतृत्वलाई प्रधानन्यायाधीश जबराविरुद्ध कडा कदम चाल्ने गरी निर्णय लिन वकिलहरुले दबाब बढाएका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!