Thursday, December 9, 2021
Home > समाचार > साढे ३३ किलो सुन तस्करीमा संलग्न गोरे डनको आयो सबै नेपाली लाई चकित बनाउने खबर

साढे ३३ किलो सुन तस्करीमा संलग्न गोरे डनको आयो सबै नेपाली लाई चकित बनाउने खबर

विराटनगर– साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ ।

जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्जेललाई उच्च अदालतले छाड्न आदेश दिएको हो । न्यायाधीशद्वय थिरबहादुर कार्की र जनक पाण्डेको इजलाशले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिँदा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

जिल्ला अदालत मोरङले सञ्जेललाई आपराधिक समूह स्थापाना गरी सून चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका चूडामणि उप्रेती (गोरे)ले सञ्जेललाई मामा भन्ने गर्दथे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!