काठमडौं – १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या स्वीकार गरेका प्रदीप रावल केही दिनअघि राजधानीबाट पक्राउ परेका थिए । रावलले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० सँग हत्या स्वीकार गरेका हुन्।गएराती रावलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा घटना स्वीकार गरेको बताइएको छ ।
रावलले घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ । निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो। निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका र निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको बताइएको छ ।रावल केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो।