Wednesday, December 8, 2021
Home > अन्तराष्ट्रिय > दुबईका शासकले पूर्वपत्‍नीको फोन ह्याक गरेको खुलासा

दुबईका शासकले पूर्वपत्‍नीको फोन ह्याक गरेको खुलासा

लन्डन- बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद अल मोक्तुमले आफ्नो पूर्वपत्‍नी हायाको फोन ह्याक गरेको जनाएको छ।

जोर्डनकी राजकुमारी रहेकी हायासँगको सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको सयममा उनले हायाका वकिलहरु, बारोनेस फिओना शाक्लेटोन र निक म्यानर्सको पनि फोन ह्या गरेको अदालतले जनाएको छ। राजकुमारी हायाले यस खुलासले आफूलाई थप चोट पुर्‍याएको बताएकी छन्।

तर, मोहम्मदले भने ह्याकिङको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। अदालतको यस फैसलाले शेखले परिवारका महिला सदस्यहरुप्रति उनले गर्ने व्यवहारको पनि खुलासा गरेको छ। बुधबार दिउँसो सार्वजनिक आदेशले फोन ह्या गरेर बेलायतको अपराधिक कानुनको उल्लंन भएको बताइएको छ।

अदालतको आदेश अनुसार राजकुमारी हाया, उनका दुई जना वकिलहरु, उनका निजी सहयोगी र सुरक्षाका दुई जना अधिकारीहरुको फोन सप्टवेयरमार्फत निगरानी गरिएको बताइएको छ।

दुबईका शासकले गत वर्ष उनकी छोरीलाई बन्धक बनाएकोसमेत खुलेको थियो। अदालतले शासक शेखले उनको छोरी लतिफालाई अपहरण गरेर बन्दक बनाएको जनाइएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!