Wednesday, December 8, 2021
Home > Uncategorized > अस्पतालमा कार्यरत एक कर्मचारी नै मृत भेटिएपछि…

अस्पतालमा कार्यरत एक कर्मचारी नै मृत भेटिएपछि…

सप्तरी- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा आज मृतावस्थमा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ ।

एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियोे ।

स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन् । रूवी र राजनका दुई छोराछोरी छन् । घरझगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

माइत जान हिँडेकी थिइन् रामकली..
काठमाडौ । चाड मान्न माइत जान हिँडेकी एक महिला बाटोमै मृ त फेला परेकी छन् । सल्यानकी ५४ वर्षकी महिला रामकली खत्री वाटोमै मृ त फेला परेकी हुन् । बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी रामकली माइती जान हिँडेकी थिइन् । प्रहरीले श व फेला पारेपछि अनुसन्धान थालेको छ ।

घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा ३ जना पक्राउ परेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जेसिबी चालक, साहु र सहचालकलाई पक्राउ गरिएको जानकारी दिए । महिलाको शरिरमा देखिएको चो ट ले उनको वास्तविक मृत्यु नदेखिएको प्रहरीले जनाएको छ । रामकली त्यो बाटोमा हिडेको समयमा जेसिबी बाहेक अन्य कुनै सवारी साधन पनि नहिडेको अनुसन्धानवाट देखिएपछि जेसिबी चालक, मालीक र सहचालक पक्राउ परेका हुन् ।

रामकलीको कान, ढाड, हातमा गाडीले कु चेको जस्तो घाउ देखिएको डिएसपी थापाले बताए। डिएसपी थापाका अनुसार शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी खत्रीको श व आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो। खत्री हिँडिरहेको बाटोमा उक्त दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!