Sunday, December 5, 2021
Home > समाचार > गोरखामा फेरी विद्यालयबाटै २ बालक बेपत्ता – सक्दो शेयर गर्नुहोस

गोरखामा फेरी विद्यालयबाटै २ बालक बेपत्ता – सक्दो शेयर गर्नुहोस

गोरखा – गोरखाको शहीद लखन गाउँपालिकाका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गोरखा सदरमुकामको द वर्ल्ड क्यापिटल माध्यमिक विद्यालयमा क कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ज्वल राना र १४ वर्षका रोशन श्रेष्ठ रहेका छन् । उनीहरु मंगलबार बिहानदेखि हराएका हुन् ।

शहीद लखन गाउँपालिका –६, घैरुङ घर भएका सदरमुकाम बस्दै आएका प्रज्ज्वल र शहीद लखन गाउँपालिका –७, बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ बजेसम्म बिहानी सत्रको कक्षामा बसेका उनीहरु खाना खाने छुट्टीमा घर नगई सम्पर्कविहीन भएको बताइएको छ ।दिवा सत्रको कक्षामा उपस्थित नभएपछि तत्काल अभिभावकलाई जानकारी दिइएको विद्यालयका प्रिन्सिपल जनक केसीले बताए ।प्रहरी, बालकका आफन्त र विद्यालय परिवारले हिजैदेखि बालकद्वयको खोजी सुरु गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!