काठमाडौँ – अमेरिकाको टेक्सासमा एउटा ग्यास स्टेसनमा काम गर्दै आएका नेपालीमाथि गोली प्रहार भएको छ । टेक्सासको ब्रायनमा रहेको ग्यास स्टेसनमा काम गर्दै आएका ३१ वर्षीय विनोद जेठारामाथि एकजना बन्दुकधारीले गोली हानेको हो ।स्टोर खोल्न गएका बेला धनगढीका जेठारामाथि बन्दुकधारीले गोली हानेको र भायते उनको अबस्था चित्ता जनक रहेको बताइएको छ ।
छातीमा गोलीका लागेका जेठाराको स्थानीय सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नुको कारण अहिलेसम्म खुलेको छैन ।जेठाराकी श्रीमती र छोरी अमेरिका जाने तयारी मा रहेको पनि बताइएको छ ।