Friday, May 27, 2022
Home > समाचार > धन कमाएर रमाउन मलेसियाबाट फर्केका २१ वर्षिय रामपुकारको फर्केको एक सातामै गयो ज्यान

धन कमाएर रमाउन मलेसियाबाट फर्केका २१ वर्षिय रामपुकारको फर्केको एक सातामै गयो ज्यान

वीरगंज – वैदेशिक रोजगारबाट घर फर्केका एक युवकको सवारी दुर्घटनामा परी ज्यान गएको छ। वैदेशिक रोजगारबाट घर फर्केका एक २१ वर्षे युवकको पर्सामा सवारी दुर्घटनामा परी ज्यान गएको हो । ज्यान जानेमा पोखरिया नगरपालिका वडा नं ९ बैरियाका भनु भनिने रामपुकार मुखिया बिन रहेका छन् ।

बैरियाबाट मोटरसाइकलमा वीरगंज आउने क्रममा उनी चढेको ना १२ प ५३९७ नम्बरको मोटरसाइकलाई वीरगंजबाट पोखरियातर्फ गइरहेको ना १ ज ८०२४ नम्बरको म्याजिक भ्यानले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो । मलेसियाबाट फर्केको ८ दिनपछि मंगलबार बिहान साढे आठ बजेको समयमा उक्त दुर्घटनाभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।भ्यान चालक फरार छन्।भ्यान भने प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा सवार बिनले हेलमेट सिट पछाडि झुण्ड्याएको प्रहरीको भनाई छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!