Saturday, November 27, 2021
Home > समाचार > बिहानै दाङकाे लमहीबाट अायो दुर्घटनाकाे यस्तो दुःखद खबर

बिहानै दाङकाे लमहीबाट अायो दुर्घटनाकाे यस्तो दुःखद खबर

घोराही : लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!