Wednesday, October 27, 2021
Home > जीवनशैली > के तपाईंलाई थाहा छ भगवान् शिवको रहस्य ?

के तपाईंलाई थाहा छ भगवान् शिवको रहस्य ?

शिव, भगवान् शिवलाई आदीश पनि भनिन्छ । शंकर, रुद्र, महादेव, भोलेनाथ, आदिनाथ आदि विभिन्न नामले चिनिने शिवका रहस्य केकस्ता छन् ? हेरौँ,

आदिनाथ शिव: सर्वप्रथम शिवले नै पृथ्वीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका हुन् त्यसकारण उनलाई आदिदेव भनिन्छ । आदिको अर्थ हहो सुरु वा प्रारम्भ । सबैभन्दा पहिलो ईश्वर भएकै कारण उनलाई आदीश भनिएको हो ।

शिवका शस्त्रअस्त्र: शिवका अनेकौं शस्त्रअस्त्रमध्ये पिनाक धनुष, भवरेन्दु तथा सुदर्शन चक्र, पाशुपतास्त्र एवं त्रिशूल प्रमुख मानिन्छन् । यी सबै शस्त्रअस्त्रको निर्माण समेत शिव स्वयंले गरेको मानिन्छ ।

शिवको नाग: शिवको घाँटीमा सदैव एउटा नाग बेरिइरहेको हुन्छ । उक्त नागको नाम वासुकी हो । वासुकीको दाजुको नाम शेष नाग हो जो भगवान् विष्णुको शैयाका रूपमा रहन्छन् ।

शिवकी अर्धागिंनी: शिवको पहिली पत्नीको नाम हो सती । उनै अर्को जन्ममा पार्वतीका रूपमा जन्मिएकी थिइन् । पार्वतीलाई उमा, उर्मि, काली आदि नामले समेत चिनिन्छ ।

शिवका पुत्र: शिवका छ जना पुत्र प्रमुख मानिन्छन् । उनीहरू हुन्- गणेश, कार्तिकेय कुमार, सुकेश, जलन्धर, अयप्पा एवं भूमा । सबैको जन्मकथा रोचक छ ।

शिवका शिष्य: शिवका ७ जना शिष्य छन् जसलाई सप्तषिर् भनिन्छ । यिनै सात ऋषिले नै शिवको ज्ञानलाई सम्पूर्ण विश्वमा प्रचारप्रसार गरे । शिवकै ज्ञानको आलोकमा भिन्न भिन्न धर्म संस्कृतिको उदय भएको मानिन्छ । गुरु-शिष्य परम्पराका प्रारम्भकर्ता पनि शिवलाई नै मानिन्छ । अंगिरा, शिालाक्ष, शुक्र, बृहस्पति, सहस्राक्ष, महेन्द्र, प्राचेतस मनु, भरद्वाज, परशुराम तथा गौरशिरस मुनि आदि पनि शिवकै शिष्य थिए ।

शिवका गण: शिवका गणमा भैरव, वीरभद्र, मणिभद्र, चण्डिश, नन्दी, भृङ्गी, श्रृंगी, ऋटि, शैल, गोकर्ण, घण्टाकर्ण आदि प्रमुख मानिन्छन् । यसबाहेक भूत, प्रेत, पिशाच, योगिनी, शाकिनी, शाकिनी, दैत्य, नागनागिनी तथा पशुहरूलाई समेत शिवगण मानिन्छ । शिवकै गण नन्दीले कामशास्त्रको रचना गरेका थिए जसको आधारमा पछि वात्स्यायनले कामसूत्र लेखेका हुन् भन्ने विश्वास गरिन्छ ।

शिव पञ्चायत: भगवान् सूर्य, गणेश, देवी, रुद्र एवं विष्णुलाई शिव पञ्चायत भनिन्छ । शिवका द्वारपाल: नन्दी, स्कन्द, ऋटि, वृषभ, भृंगी, गणेश, उमामहेश्वर एवं महाकाललाई शिवको द्वारपाल मानिन्छ । शिवका पार्षद: जय र विजयलाई विष्णुको पार्षद मानिए झैं वाण, रावण, चण्ड, नन्दी, भृंगी आदि शिवका पार्षद मान्छिन् ।

सबै धर्मका केन्द्र शिव: शिवको वेशभूषा नै यस्तो छ कि त्यसबाट प्रत्येक धर्मका मानिसहरूले आप\mनो प्रतीक भेट्न सक्छन् । मुसरिक, यजिदी, साबिईन, सुबी, इब्राहिमी आदि धर्महरूमा शिवको छाप स्पष्ट रूपले पाउन सकिन्छ । शिव शिष्यहरूबाट चल्दै आएको परम्पराबाटै पछि शैव, नाथ, सिद्ध, दिगम्बर एवं सुफी सम्प्रदाय विकास भएको पाइन्छ ।

बौद्ध धर्ममा प्रभाव: बौद्ध साहित्यका मर्मज्ञ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान् प्रोफेसर उपासका का विचारमा शंकरले नै बुद्धका रूपमा जन्म लिएका हुन् । उनले पाली भाषाका ग्रन्थमा वणिर्त २७ जना बुद्धको उल्लेख गर्दै भनेका छन् कि ती २७ मध्ये बुद्धको ३ नाम तणंकर, शणंकर एवं मेघंकर अतिप्राचीन हुन् ।

सुरासुरपुजित शिव: भगवान् शिवलाई देवताका साथै असुर, दानव, राक्षस, शिाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्ने साक्ष्य उपलब्ध छ । शिव रावण तथा राम दुवैलाई वरदान दिन्छन् । उनले भस्मासुर, शुक्राचार्य आदिलाई पनि इच्छित वरदान दिएका छन् । शिव सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म एवं समाजका सर्वोच्च देवता हुन् ।

शिवको चिह्न: शिवलाई साधारण पत्थरमै समेत पुजिएको पाइन्छ । रुद्राक्ष एवं त्रिशूललाई शिवको चिह्न मानिन्छ । कसैले ढमरु तथा अर्धचन्द्रलाई पनि शिवकै चिह्न मानेका छन् । धेरैजसो मानिसले भने शिव लिंग अर्थात् शिवको ज्योतिको पूजा गर्ने गरेका छन् ।

शिवको गुफा: भस्मासुरबाट बच्नका लागि आफ्नो त्रिशूलबाट त्रिकुटा पहाडमा गुफा बनाएर बसेका थिए शिव । त्यसैगरी पार्वतीलाई अमर ज्ञान दिएको गुफालाई अहिले अमरनाथ भनिन्छ ।

शिवको पदचिह्न: शिवको पाइला श्रीलंकाको रत्नद्वीप पहाडको टाकुरास्थित श्रीपद मन्दिरमा पाइन्छ । यो पदचिह्न ५ फिट ७ इन्च लामो तथा २ फिट ६ इन्च चौडा छ । यो स्थानलाई सिवानोलीपदम भन्छि । कसैकसैले उक्त पाइला भएको टाकुरालाई एडम पिक भन्ने गर्छन् । यसबाहेक तामिलनाडुको नागपट्टीनममा रुद्र पदम का नामले चर्चित पाइला छ । त्यस्तै थिरुवन्नमलाई, उत्तराखण्डको जागेश्वर, झारखण्डको राँची हिल तथा असमको तेजपुर आदि स्थानमा समेत शिवको पाइलाको चिह्न छ ।

शिवको तलाउ: समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष पिएपछि डाहले छटपटिएका शिवले नेपालको रसुवामा पुगेर त्रिशूल प्रहार गरे । त्रिशूल प्रहारबाट निस्किएको पानी तलाउ बनेपछि त्यसैभित्र बसी आराम गरे भन्ने विश्वास पाइन्छ । अहिले उक्त तलाउ गोसाइँकुण्डका नामले प्रसिद्ध छ । प्रसिद्ध त्रिशूली नदी त्यही तलाउबाट निस्किएको हो ।

शिवको अवतार: वीरभद्र, पिप्लाद, नन्दी, भैरव, महेश, अश्वत्थामा, शरभ, गृहपति, दुर्वासा, हनुमान, वृषभ, यतिनाथ, कृष्णदर्शन, अवधूत, भिक्षुवर्य, सुरेश्वर, किरात, सुनटनर्तक, ब्रह्मचारी, यक्ष, वैजनाथ, द्विजेश्वर, हंसरूप, नटेश्वर आदि शिवका अनेक अवतार छन् । यी बाहेक वेदमा उल्लेख गरिएका एकादश रुद्र पनि शिवकै अवतार मानिन्छन् । एकादश रुद्र हुन्- कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड तथा भव ।

विरोधाभाषी परिवार: शिवका पुत्र कार्तिकेयको वाहन मयुर हो भने शिवको गलामा नाग छन् । मयुर र सर्प प्राकृतिक दुस्मन हुन् । यसैगरी गणेशको वाहन मुसो हो, सर्प मुसे खाने जीव हो । पार्वतीको वाहन सिंह हो भने शिवको वाहन साँढे हो । साँढेलाई सिंहले खाइदिन्छ । यसरी शिवको परिवार विरोधाभाष तथा वैचारिक भिन्नताका बाबजुद पनि एकतामा बाँधिएको देखिन्छ ।

निवास स्थान: शिव कैलाश पर्वतमा वास गर्छन् जुन अहिले तिब्बतमा पर्छ । शिव जहाँ बस्छन् त्यसको ठीक मुनि पाताल पर्छ जुन विष्णुको निवास हो । शिवको आसनमाथि वायुमण्ढलभन्दा पर स्वर्गलोक तथा ब्रह्माको स्थान छ भन्ने मानिन्छ ।

शिव भक्त: भगवान् विष्णु, ब्रह्मा सहित सबै देवताका साथै राम तथा कृष्ण पनि शिवभक्त हुन् ।

शिवध्यान: शिवको भक्तिका लागि शिवको ध्यान तथा पूजा गरिन्छ । मान्यताअनुसार शिवंलिंगमा बेलपत्र चढाएर त्यसको नजिक बसी मन्त्रजप वा ध्यान गर्नाले मोक्षमार्ग खुल्न सुरु हुन्छ ।

शिव मन्त्र: शिवको मन्त्र दुईवटा छन्- पहिलो हो, ॐ नमः शिवाय । र दोस्रो हो महामृत्युञ्जय मन्त्र अर्थात् ॐ ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिवबन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।

शिव व्रत तथा पर्व: सोमबार, प्रदोष तथा साउन महिनामा शिवको व्रत गरिन्छ । महाशिवरात्रि शिवको प्रमुख पर्व हो ।

शिव प्रचारक: भगवान शंकरको परम्परालाई उनका शिष्य बृहस्पति, विशालाक्ष (शिव), शुक्र, सहस्राक्ष, महेन्ऽ, प्राचेतस मनु, भरद्वाज, अगस्त्य मुनि, गौरशिरस मुनि, नन्दी, कार्तिकेय, भैरवनाथ आदिले अघि बढाए । यसका साथै वीरभद्र, मणिभद्र, चण्डिश, नंदी, श्रृंगी, भृगि, ऋटि, शैल, गोकर्ण, घण्टाकर्ण, बाण, रावण आदिले पनि शैव मतको प्रचार गरे । यो परम्परामा आदिगुरु भगवान दत्तात्रेय पनि पर्दछन् भने पछि शंकराचार्य, मत्स्येन्ऽनाथ तथा गुरु गोरखनाथको नाम अग्र पंक्रिमा आउँछ ।

शिव महिमा: शिवले कालकूट विष पिए । भस्मासुरलाई वरदान दिए भने कामदेवलाई भष्म पारे । शिवले गणेश तथा दक्षको शिर जोडेका थिए । ब्रह्माले छल गरेपछि उनको पाचौँ शिर काटिदिएका थिए ।

शैव परम्परा: दसनामी, शाक्त, सिद्ध, दिगंबर, नाथ, लिंगायत, तमिल शैव, कालमुख शैव, कश्मीरी शैव, वीरशैव, नाग, लकुलीश, पाशुपत, कापालिक, कालदमन एवं महेश्वर सबै शैव परम्परा हुन् । चन्ऽवंशी, सूर्यवंशी, अग्निवंशी तथा नागवंशी पनि शिवकै परम्परा मानिन्छन् । असुर, राक्षस एवं आदिवासी जातिका आराध्य देव शिव नै हुन् । शैव धर्मलाई आदिवासीको धर्म मानिन्छ ।

शिवको प्रमुख नाम: शिवका नाम त धेरै छन् जसको उल्लेख पुराणहरूमा पाइन्छ । तीमध्ये प्रमुख नाम हुन्- महेश, नीलकण्ठ, महादेव, महाकाल, शंकर, पशुपतिनाथ, गंगाधर, नटराज, त्रिनेत्र, भोलेनाथ, आदिदेव, आदिनाथ, त्र्यम्बक, त्रिलोकेश, जटाशंकर, जगदीश, प्रलयंकर, विश्वनाथ, विश्वेश्वर, हर, शिवशंभु, भूतनाथ एवं रुऽ ।

तन्त्रको मूल स्वरूप: शिवले पार्वतीलाई मोक्ष हेतु अमरनाथ गुफामा दिएको ज्ञान अहिले अनेकानेक शाखामा विभक्त भएको छ उक्त ज्ञान ज्ञानयोग तथा तन्त्रको मूल सूत्रमा पाइन्छ । ‘विज्ञान भैरव तन्त्र’ एक यस्तो ग्रन्थ हो जसमा भगवान् शिवले पार्वतीलाई प्रदान गरेको १ सय १२ सूत्रहरूको संकलन छ ।

शिव ग्रन्थ: वेद तथा उपनिषद सहित विज्ञान भैरव तंत्र, शिव पुराण एवं शिव संहितामा शिवको सम्पूर्ण शिक्षादीक्षा समेटिएका छन् । तन्त्रका अनेकौं ग्रन्थहरूमा उनको शिक्षा विस्तारित छन् ।

शिवलिंग: वायु पुराणका अनुसार प्रलयकालमा समस्त सृष्टि जसमा लीन हुन्छ र पुनः सृष्टिकालमा जसबाट प्रकट हुन्छ त्यसैलाई लिंग भनिन्छ । यस हिसाबले विश्वको सम्पूर्ण ऊर्जा नै लिंगको प्रतीक हो । वस्तुतः यो सम्पूर्ण सृष्टि विन्दु-नाद स्वरूप छ । विन्दु शक्ति हो भने नाद शिव । विन्दु अर्थात् ऊर्जा तथा नाद अर्थात ध्वनि । यही दुई कुरा नै सम्पूर्ण ब्रहृमाण्डको आधार हो । यसैकारण प्रतीक स्वरूप शिवलिंगको पूजाअर्चना गरिन्छ ।

बार्‍ह ज्योतिर्लिंग: सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ॐकारेश्वर, वैद्यनाथ, भीमशंकर, रामेश्वर, नागेश्वर, विश्वनाथजी, त्र्यम्बकेश्वर, केदारनाथ र घृष्णेश्वर । ज्योतिर्लिंगको उत्पत्ति सम्बन्धममा अनेकौं मान्यता प्रचलित छन् । ज्योतिर्लिंग अर्थात् व्यापक ब्रहृमात्मलिंग , जसको अर्थ हो व्यापक प्रकाश । जो शिवलिंगका के बारह खण्ड हुन् । शिवपुराणका अनुसार ब्रहृम, माया, जीव, मन, बुद्धि, चित्त, अहंकार, आकाश, वायु, अग्नि, जल और पृथ्वीलाई ज्योतिर्लिंग वा ज्योति पिंड भनिन्छ ।

शिवको दर्शन: शिवको जीवन तथा दर्शनलाई जसले यथार्थ रूपले बुझेका छन् तिनै सही बुद्धिवाला एवं यथार्थ अंगीकार गर्ने शिवभक्त हुन् । शिवको दर्शनले भन्छ- यथार्थमा बाँच, वर्तमानमा बाँच, चित्तवृत्तिहरूसँग नलड, तिनलाई द्रष्टा भएर हेर अनि कल्पनालाई पनि यथार्थका लागि उपयोग गर । आइन्स्टाइनभन्दा पहिले शिवले नै भनेका थिए कि कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!