Thursday, October 28, 2021
Home > समाचार > होटलबाट यस्तो अवस्थामा समातिए यी चार जना

होटलबाट यस्तो अवस्थामा समातिए यी चार जना

काठमाडौँ। सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ । रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा रहेका हाबे्रलगायतको छालासहित चारै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयलाई बुझाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!