Wednesday, December 8, 2021
Home > समाचार > नेपालमा घट्यो कोरोना संक्रमण, मृत्युदर भने बढ्यो

नेपालमा घट्यो कोरोना संक्रमण, मृत्युदर भने बढ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ५४० पीसीआर र २ हजार ८१८ एन्टिजेन गरी कुल ११ हजार ३८५ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

यस्तै संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ । गत २४ घण्टामा १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ५४० पीसीआर र २ हजार ८१८ एन्टिजेन गरी कुल ११ हजार ३८५ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

के आमा बन्दै छिन् काजल अग्रवाल ?
अभिनेत्री काजल अग्रवाल बलिउडमा निकै नाम कमाएकी नायिका हुन्। उनले राम्रा राम्रा खेलेर दर्शकहरुको मन जित्न सफल भएकि छिन्। उनले अहिलेसम्म खेलेको फिल्म मध्य सबैभन्दा चलेको ‘सिंघम’ हो। पछिल्लो समय सामाजिक सन्जालमा काजल अग्रवाल गर्भवती भएको खबरले चर्चामा छ। उनले प्रमी गौतम किचलूसँग गत वर्षको अक्टोबर ३० मा मुम्बईमा विवाह गरेकी थिइन् । उक्त विवाहमा सेलिब्रेटी कोहि पनि समावेश भएका थिएनन्। विवाहमा उनका परिवार र नजिकाका साथीभाईहरु मात्र सहभागि थिए।

विवाह सम्पन्न भएपछि उनिहरु हनिमुन मनाउन देश तथा विदेश गएका थिए। उनले हनिमुनका फोटोहरु सामाजिक सञ्जालमा साझा गरेकि थिइन्। उक्त फोटोहरुमा उनका फ्यानहरु बदाई तथा शुभकामना दिएका थिए। अहिले काजल गर्भवती भएको समाचार सञ्चारमाध्यममा आए पनि काजल र गौतमले यो विषयमा केही बोलेका छैनन् । उनले दुई ठूला फिल्मको सुटिङ रोकेपछि उनी गर्भवती भएको हो कि भन्ने अनुमान गरिएको छ। साथै उनले कुनै पनि नयाँ फिल्ममा सम्झौता गरेकी छैनन् । उनका परिवारका एक सदस्यले बताएका छन्, ‘काजलले चाँडै आमा बन्न सक्ने भएकाले पनि उनले सुटिङको काम रोकेको छिन्।

काजलले काम गरिरहेको फिल्म ‘आचार्य’ र ‘घोस्ट’को निर्मातालाई उनी गर्भवती भएको खबर गरिएको छ । निर्माताले पनि उनलाई फिल्मको काम चाँडो गर्न या ब्रेक लिन भनेका छन् । सामाजिक सञ्जालमा सक्रिय हुने यी अभिनेत्री लामो समयदेखि सामाजिक सञ्जालबाट पनि टाढिएकी छन् । यसको कारण पनि उनको गर्भावस्थालाई नै मानिएको छ । केही समय अघि काजलको बहिनीले पनि काजल चाँडै आमा बनोस् भन्ने चाहना रहेको खुलाएकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!