Thursday, October 28, 2021
Home > समाचार > आफैले पढाउने विद्यालयमै हेर्न नसकिने अवस्थामा मृ त फेला परे शिक्षक

आफैले पढाउने विद्यालयमै हेर्न नसकिने अवस्थामा मृ त फेला परे शिक्षक

सुर्खेत । दैलेखमा एक जना शिक्षकको श व फेला परेको छ । उनको शव घाँ टी रे टे को अवस्थामा फेला परेको हो । दैलेखको गुराँस गाउँपालिकाको मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र बीसीको श व फेला परेको हो। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई सार्वजनिक गर्ने जनाएको छ ।

१० भन्दा बढी पक्राउ गरेकोमा अनुसन्धानका क्रममा दुई जनाको संलग्नता देखिएको प्रमाण फेला परेपछि प्रहरी सार्वजनिक गर्ने निर्णयमा पुगेको हो । दैलेख प्रहरीका अनुसार शिक्षक बीसीलाई सोमवार राती घटना गराएको अवस्थामा श व मंगलवार विद्यालय हाताभित्रै भेटिएको हो। घटनास्थलमा प्रहरी पुगेको छ, घटना कसले र किन गरायो भन्ने विषयमा प्रारम्भीक अनुसन्धान अघि बढाएका छौं’ डीएसपी अनुपम श्रेष्ठले भने।

स्थानीयले शिक्षक बीसीको श व देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनामा संलग्न भएको आंशकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, उनीहरुको विवरण सार्वजनिक गरिएको छैन। घटनाको विस्तृत अनुसन्धानपछि मात्रै थप कारण खुल्ने प्रहरीले जनाएको छ । शिक्षक बिसी घटना भएको दिन सोमवार पनि विद्यालय गएका थिए ।

तर श्रीमती सदरमुकाम गएका कारण घरको काम गर्न भन्दै उनी छिटै विद्यालयवाट फर्किएका थिए । दिनभर बाख्रा चराउनेलगायतको घरकै काममा रहेका बिसी आफ्ना लागि खाना पकाएर साँझ ६ बजेतिर मालिका माविमै कार्यरत शिक्षक भीमबहादुर ओलीको घरमा पुगेका थिए । नाताले जेठान पर्ने भीमबहादुरको घरबाट तरकारी लिएर बिसी घर फर्किएका थिए ।

भोलीपल्ट श व फेला परेको घटनाले आफु अचम्म परेको ओलीले बताए । बिसी सोमबार राति १२ बजेसम्म छोटेपोखरास्थित विद्यालय नजिकै रहेको छिमेकीको पसल भएको घरमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले बताए । त्यसपछि घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सोही पसल संचालक सहितलाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!