Thursday, October 28, 2021
Home > गसिप > फेरि यस्तो रोमान्टिक मुडमा श्रीमानसँग बेबी पप्प देखाउदै भाइरल प्रियङ्का (तस्विरमा हेर्नुस्)

फेरि यस्तो रोमान्टिक मुडमा श्रीमानसँग बेबी पप्प देखाउदै भाइरल प्रियङ्का (तस्विरमा हेर्नुस्)

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । परिवारमा नयाँ खुशीको प्रतिक्षामा छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

कहिले साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर उनलाई खुशी दिन्छन् त कहिले पति तथा परिवारले । नायिका कार्कीले यो वर्ष आफ्ना लागि निकै नै खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको बताउने गरेकी छिन् ।

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि र नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन् । नायिका कार्कीले परिवारमा आउने नयाँ सदस्‍यलाई स्वागत गर्नका लागि आतुर रहेको बताएकी छिन् । उनीले शेयर गरेको कन्टेन्टमा हजारौं नराम्रो टिप्पणी पनि नआउने हैन । तर उनी ती कुराहरुको कुनै वास्ता नगरी बिन्दास रूपमा उनी समय बिताइरहेकी छन् ।

पछिल्लो समय उनी राखी बन्धनमा भाइहरुलाई राखी बाध्न मामा घर पनि पुग्छिन्, आफ्नो युट्युव च्यानलको लागि अन्तर्वार्ता तयार गर्न पनि भ्याउँछिन् साथै उनी कमेडी क्लबमा उपस्थित हुन पनि पुग्छिन् । भने बिभिन्न रोमान्टिक तस्बिरहरूपनि शेयर गरिरहन्छिन् । यसैक्रममा पछिल्लो पटक उनले श्रीमानसँग खिचेका तस्बिरले निकै चर्चा पाइका छन् । तस्बिरमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!