Friday, May 27, 2022
Home > मनोरञ्जन > सिंगापुरसँग हारेर दुःखी भएकि श्रृङ्खलाले दिर्इन सारा नेपालीलार्इ यस्तो खुशी… यो खुशी सेयर गराैं

सिंगापुरसँग हारेर दुःखी भएकि श्रृङ्खलाले दिर्इन सारा नेपालीलार्इ यस्तो खुशी… यो खुशी सेयर गराैं

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी छिन् । उनले अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी छिन् । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त अवार्ड जितेकी हुन् । मल्टिमिडिया अवार्डका लागि भने नेपालसहित केन्या, चीन, पोर्टोरिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए । तर विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भइन् । त्यस्तै मेक्सिको र केन्याका प्रतिस्पर्धी दोस्रो र तेस्रो स्थानमा छन् ।

अब श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल पनि भएकी छिन् । मल्टिमिडिया अवार्ड नेपालको प्रतियोगीले पहिलोचोटि जितेको हो । यससगैँ आधिकारिक रुपमा श्रृंखला मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल पनि भएकी छिन्

Leave a Reply

error: Please Dont Copy My Content!! !!