Sunday, November 28, 2021
Home > समाज > स्वतन्त्र मधेस भन्दै लडिरहेका सिक राउतलार्इ सर्वोच्वकाे यस्तो झट्का, के होला अब?

स्वतन्त्र मधेस भन्दै लडिरहेका सिक राउतलार्इ सर्वोच्वकाे यस्तो झट्का, के होला अब?

मङ्सीर १७, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका लागि भन्दै लडिरहेका सिके राउतलाई रिहाइको मागसहित दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मधेस बिखण्डको नारा लगाउँदै आएको राउतको गिराफ्तारीविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । गएको असोज २९ गते जिल्ला अदालत रौतहटमा तारेख बुझाउन आएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको थियो ।

अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको थियो । राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै कात्तिक ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर भएको थियो । सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् ।

त्यसयता राउतको मुद्दामा ६ वटा पेशी तोकिएका थिए । सातौं पेशीको रुपमा सोमवार न्यायाधीश दीपकराज जोशी र बम कुमार श्रेष्ठको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!