Tuesday, October 26, 2021
Home > राशिफल > भदौ २९ गते मंगलबार, यस्तो छ तपाईको राशि अनुसार तपाइँहरकाे भाग्यफल!

भदौ २९ गते मंगलबार, यस्तो छ तपाईको राशि अनुसार तपाइँहरकाे भाग्यफल!

आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र २९ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर १४ तारीख भाद्र शुक्लपक्ष तिथि: अष्टमी , १४:४७ बजे उप्रान्त नवमी, पञ्चाङ्ग: गन्द बलव रेवती, नक्षत्र: ज्येष्ठा, ९:४६ बजे उप्रान्त मूल, करण: वव १४:४७ बजेदेखि वालव , २५:३७ बजे उप्रान्त गर, योग: प्रीति , ९:३५ बजे उप्रान्त आयुष्मान् (ज्यो.प.सरोज घिमिरे)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने, उठ्नुपर्ने रकम हात लागी हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा वचन दिनाले दुस्ख पाइनेछ । मेहनतले आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धन लाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखा पर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!