Sunday, July 11, 2021
Home > समाचार > १३ बर्षीय निर्मला पन्तको हत्या घटनाको अनुसन्धानमा खटिएका सबै प्रहरीमाथि यस्तो कारवाही हुदै…

१३ बर्षीय निर्मला पन्तको हत्या घटनाको अनुसन्धानमा खटिएका सबै प्रहरीमाथि यस्तो कारवाही हुदै…

काठमाडौँ – कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको हत्या घटनाको अनुसन्धानमा खटिएका सबै प्रहरीमाथि कारबाहीको पक्रिया अगाडी बढाइएको छ।४ महिना बितिसक्दापनि अपराधी सार्वजनिक गर्न नसकेको भन्दै चौतर्फी दबाब आईरहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका खटिएका सबै प्रहरीमाथि कारवाही गर्ने तयारी गरेको हो। पन्त हत्या घटनामा प्रणाम नष्ट गरेको आरोप लागेका सबैलार्इ कारवाहीकाे दायरामा ल्याउने भएकाे हाे ।

अारोप लगेका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्टलाई बर्खास्त भईसकेका छन् भने तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

निर्मला पन्तको हत्यारालाई संरक्षण गरेको र सार्वजनिक गर्न नसकेको भन्दै सरकारको चौतर्फी बिरोध भईरहेको छ। उनको न्यायको माग गर्दै चौतर्फी बिरोभ भएको छ । निर्मलाको न्यायकै लागी पोल पोलमा उनको पोष्टर टाँसिएको छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!