Thursday, December 9, 2021
Home > समाचार > हाँसीखुसी अमेरिका पुगेका गणेश तिवारीले गरे साथीलाई भिडियो कल गरेर गरे हेर्दाहेर्दै आत्महत्या !

हाँसीखुसी अमेरिका पुगेका गणेश तिवारीले गरे साथीलाई भिडियो कल गरेर गरे हेर्दाहेर्दै आत्महत्या !

साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने ।

तिवारी हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरूका अनुसार अरू वेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एक साथीले भने, ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम्–गरम् भन्थ्यो ।’

बिहीबार दिउँसो ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म नउठ्दा उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएका थिए । राति अबेरसम्म ग्यास स्टेसनमा काममा गएर आएपछि अर्को दिन उनी अबेरसम्म सुत्ने गरेका थिए ।

‘दुई–चारपटक ढोका ढक्ढक्याउ“दा पनि खोलेन, सुतेकै होला भनेर उठाइनँ,’ उनका साथीले भने, ‘काममा जाने वेला हुँदा पनि नउठेपछि फोन गर्दा उठाएन, ढोका फुटाएर भित्र पस्दा झुन्डिराखेको थियो ।’ उनीहरूले नै प्रहरीलाई खबर गरे ।

२०१६ अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएका तिवारी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएका थिए । तर, ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्निया आएका थिए । उनले आत्महत्या गर्नुको

कारण खुल्न सकेको छैन । साथीहरूसँग उनले पटक–पटक भाइलाई पढ्न अस्ट्रेलिया पठाउनुपर्ने कुरा गर्थे । तिवारीका बुबा माओवादी द्वन्द्वकालमा बेपत्ता भएका थिए । उनकी आमा, एक भाइ र दुई दिदी छन् । दिदीहरूको बिहे भइसकेको छ ।

बे एरियामा रहेका नेपालीको संस्था सन्नी सगरमाथा समाजले तिवारीको परिवारलाई सम्पर्क गर्ने र मद्दत गर्ने कोसिस गरिरहेको छ । गो फन्डनामक अनलाइन चन्दा संकलन गर्ने साइटबाट नेपालीलाई अनुरोध गरेर उनको अन्तिम संस्कारको प्रबन्ध मिलाउने प्रयास गरिरहेको छ । उनको शव नेपाल नै लैजाने कि यहीँ अन्तिम संस्कार गर्ने टुंगो लागेको छैन ।

‘उहाँको परिवारका सदस्यहरू कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न,’ समाजसेवी हरिहर दाहालले भने, ‘एक–दुई दिनमा तय हुन्छ होला ।’ उनको मृत शरीर नेपाल लैजान २५ हजार डलरभन्दा धेरै खर्च हुने बताइएको छ ।

पछिल्लो तीन वर्षबिचमा क्यालिफोर्नियामा चारजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् । गत सेप्टेम्बरमा सानफ्रासिस्कोको गोल्डेनगेट पुलबाट हामफालेर अर्का एक नेपालीले आत्महत्या गरेका थिए । नयाँ पत्रिकामा खबर छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!