Sunday, December 5, 2021
Home > समाचार > सडकमा अरुको ज्यान बचाउन खटिने ट्राफिक प्रहरी सुमनको सडकले नै लियो ज्यान, गएराति भएकोे स्कुटर दुर्घटनामा मृत्यु

सडकमा अरुको ज्यान बचाउन खटिने ट्राफिक प्रहरी सुमनको सडकले नै लियो ज्यान, गएराति भएकोे स्कुटर दुर्घटनामा मृत्यु

काठमाडौँ, १७ मङ्सिर (रासस) ः काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!