Tuesday, July 13, 2021
Home > समाचार > बर्खास्त भएको एसपी विष्टको आयो यस्तो सबैलाई चकित बनाउने खबर – पुरा हेर्नुहोस

बर्खास्त भएको एसपी विष्टको आयो यस्तो सबैलाई चकित बनाउने खबर – पुरा हेर्नुहोस

काठमाडौं, १६ मंसिर । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा प्रमाण मेटेको अभियोगमा सेवावाट हटाइएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा अभियुक्तलाई जोगाउन प्रमाण मेटेको र घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा उनीहरुलाई बर्खास्त गरिएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सिफारिसका आधारमा गृहमन्त्रालयले बर्खास्त गरेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै निवेदन दिएका हुन् । खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।

हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । सोही अधिकार प्रयोग गर्दै उनीहरुले मन्त्रीपरिषदमा पुनर्वहालीको लागि निवेदन दिएका हुन् ।

उनीहरुले मन्त्रीपरिषदमा निवेदन दिएको एक साता भइसकेको छ । तर उनीहरुको निवेदन उपर अहिले सम्म छलफल भने भएको छैन । मन्त्रीपरिषदले गरेको निर्णयका आधारमा उनीहरुले कानुनी बाटो अपनाउने बताएका छन् । मन्त्रीपरिषद्को निर्णय चित्त नबुझे अदालत जाने बाटो समेत खुला रहेकाले दुवैले सो अधिकार प्रयोग गर्ने बताएका छन् । आफुहरु माथि अन्याय भएको भन्दै दुवै प्रहरी अधिकारीले कानुनी बाटो अपनाउने सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् ।

गत साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी १३ वर्षीया निर्मला पन्तको भोलीपल्ट उखुबारी नजिक बलात्कार पछि हत्या गरिएको अवस्थामा लास भेटिएको थियो । सो घटनामा प्रहरी अनुसन्धानमा लापरवाही भएको भन्दै ् एसपी डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट समेत हटाइएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!