Sunday, July 11, 2021
Home > समाचार > कंचनपुरबाट निर्मला हत्या काण्डबारे भर्खरै आयो यस्तो खबर

कंचनपुरबाट निर्मला हत्या काण्डबारे भर्खरै आयो यस्तो खबर

काठमाडौं – १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी लाई पक्राउ गर्न नसकेको भन्दै कञ्चनपुरमा फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई पक्राउ गर्न नसकेको र निर्मलाले न्याय नपाएको भन्दै कञ्चनपुरबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आफ्नी छोरी निर्मला पन्तको न्यायको लागी लगातार धर्नामा बसेका कारण बिरामी परेका निर्मलाका बुबा यज्ञराज पन्त अहिले काठमाडौंमा उपचाररत छन् ।नागरिक संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो ।

सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने साथै बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने र बिहीबार मानव साङ्लो बनाउनेलगायत आन्दोलनका कार्यक्रम भएको घोषणा गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!