Wednesday, December 8, 2021
Home > समाचार > हत्या गरिएका ८ बर्षिय बालक प्रयास कुवरको अन्त्यस्टिमा जे देखियो (भिडियो)

हत्या गरिएका ८ बर्षिय बालक प्रयास कुवरको अन्त्यस्टिमा जे देखियो (भिडियो)

काठमाडौँ । काठमाडौको गोंगबुमा बालकको अपहरण पछि हत्या गरिएको छ । केहि दिन अघि बेपत्ता भएका ८ वर्षीया बालक प्रयास कुवरको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका बाकालको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

बेपत्ता भएका बालकको बिहीबार झोलामा पोको पारेको अवस्थामा शव भेटिएको थियो । अहिले उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ ।

हत्या गरिएका बालक प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । यसअघि काठमाडौंको काँडाघारीमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । हत्यामा संलगन दुई जनालाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!