Sunday, July 11, 2021
Home > समाचार > बोल्दा बोल्दै रोइन श्रृङ्खला, उनले पठाएको पाँच मिनेट लामो (भिडियो हेर्नुहोस्)

बोल्दा बोल्दै रोइन श्रृङ्खला, उनले पठाएको पाँच मिनेट लामो (भिडियो हेर्नुहोस्)

काठमाडौं । श्रृङ्खला खतिवडा आफ्नो भिडियो सन्देशमा आँखा रसाउँदै भावुक बनेकी छन्। उनले आफूले हारिनसकेको भन्दै निरास नहुन पनि आग्रह गरेकी छन्।मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडा दोस्रो चरणमा भने पराजित हुनुपर्यो। श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर परिन्। सिंगापुरे सुन्दरीले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारिन्।

बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्। भिडियोमा श्रृङ्खलाले भावुक अभिव्यक्ति दिँदा उनका आखा रसाएका छन्।आफूलाई पछि पारेकी मिस सिंगापुर आफ्नो एकदमै मिल्ने साथी भएकोले उसकाबारेमा नकारात्मक कमेन्ट नगरिदिन पनि श्रृङ्खलाले अनुरोध गरेकी छन्।बारम्बार ‘सरी नेपाल’ भन्दै श्रृङ्खलाले आफू छानिन नसकेकोमा माफी मागेकी छन्। आँखा रसाउँदै श्रृङ्खलाले नेपालका लागि पठाएको यो पाँच मिनेट लामो भिडियो सन्देश हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!