Sunday, July 11, 2021
Home > समाचार > अब सिधै गोली ठोक्ने अधिकार सहित विशेष सुरक्षाकर्मी परिचालन

अब सिधै गोली ठोक्ने अधिकार सहित विशेष सुरक्षाकर्मी परिचालन

शृंखलाबद्ध रुपले भइरहेका जघन्य हत्या र अपराधिक कार्य रोक्न सुनसरीको दक्षिणी क्षेत्रमा अधिकार सम्पन्न विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुनसरीमा पछिल्लो दुई महिना यता मुस्लिम समुदायका दुई अगुवाहरुको हत्या भइसकेको तर अपराधीहरु फरार भएपछि प्रहरी प्रशासनले अधिकार सम्पन्न गोप्य सुरक्षा दस्ता परिचालन गरेको हो । बढ्दै गएको साना हतियार र लागूऔषध कारोबार पनि नियन्त्रण हुने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी सुनसरीका प्रमुख एसपी राजन अधिकारीले बढ्दो साना हतियारको प्रयोगलाई ख्याल गर्दै सुरक्षामा उच्च सर्तकता अपनाएको बताए । ‘अनुसन्धानका क्रममा बाधा भएमा प्रहरीले आफ्नो अधिकार प्रयोग गर्न सक्छन्,’ उनले भने ।

प्रदेश प्रहरी स्रोतको अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा खटाइएका विशेष सुरक्षाकर्मीहरुलाई बाधा पार्ने गतिविधि भए गोली हान्ने सम्मको अधिकार दिइएको छ । संवेदनशिल क्षेत्रमा हतियार सहितको विशेष सुरक्षाकर्मीहरु गोप्य रुपले परिचालन भएका छन् ।

सुनसरीका सीमा नाकाहरु बढी संवेदनशिल

सुनसरीको भारतसँग जोडिएको ६२ किलोमिटर खुल्ला सीमाना छ । जसमध्ये साहेबगञ्ज, घुस्की, भुटाहा र भण्टावारी सीमा नाकाहरु सुरक्षा दृष्टिले संवेदनशिल मानिन्छन् । यी नाकाहरु चोरी तस्करी समेत बढी हुने गरेको छ । पछिल्लो समय साना हतियारको प्रयोग गरेर हत्याका घटना बढेपछि सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट र प्रहरी चौकीहरुमा समेत प्रहरीको संख्या बढाइएको छ ।

यो समाचार sidhanews.com बाट साभार गरिएको हो !

Leave a Reply

error: Please Dont Copy My Content!! !!