काठमाडौँ – दिनानुदिन बालक अपहरणका घटना सुनिरहदा काठमाडौँमा फेरी अर्को बालक अपहरण भएपछी हत्या भएको छ । अपहरणपछि हत्या भएका बालक काठमाडौंको बालाजुमा बसोबास गर्ने ८ वर्षीय प्रयास कुँवर रहेका छन् ।काठमाडौँमा एक बालकको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको छ।
उक्त बालकको अपहरणपछि हत्या गरिएको अवस्थामा म्हैपीको पुलनजिक झोलामा हालेर फालिएको अवस्थामा शव भेटिएको हो।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार कुँवरको घरमा चालकको काम गर्ने महेन्द्र सार्कीलेनै मंगलबार साँझ प्रयासको अपहरण गरेका र हत्या पनि उसैले गरेको हुनसक्ने भन्दै पक्राउ गरिएको बताइएको छ । बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार काठमाडौँको गोंगबुमा मृतक बालकका बाबुले संचालन गरेको होटेलको गाडी चलाउने व्यक्तिनै शंकाको घेरामा परेपछि पक्राउ गरिएको हो।