Friday, May 27, 2022
Home > समाचार > भर्खरै आयो अचम्मको खबर….ऋण चुक्ता गर्न नसक्दा यस्तो सम्म – पूरा हेर्नुहोस तस्वीर सहित

भर्खरै आयो अचम्मको खबर….ऋण चुक्ता गर्न नसक्दा यस्तो सम्म – पूरा हेर्नुहोस तस्वीर सहित

मोरङ / आफ्नो बसमा आफै आगो लगाएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो ।

अाफैले अागाे लगाइ अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाकइल तथा अन्य धनमाल समेत लुटि लगेको भनेर ईलाका प्रहरी कार्यालय हरैचामामा जानकारी गराए पश्चात इलाका प्रहरी तुरून्त अागलागी स्तल पुगेकाे तियाे । स्थानीयवासी र दमकलको सहयोगमा उक्त आगो राती ११:३० बजे नियन्त्रणमा अाएकाे थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा बसकै चालक मन्थली नगरपालिका वडा नं. ५ बस्ने बर्ष-४८ शम्भु कार्की र सहचालक लिखु गाउँपालिका वडा नं. ५ बस्ने बर्ष-२५ को दिनेश बरुवालकै संग्लग्नता रहेको खुल्न आएपछी उनीहरुलाई नियन्त्रणमा लिईएको छ ।

आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको र बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उदेश्यले योजनाबद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!