Sunday, July 11, 2021
Home > समाचार > जोर बिजोर बिरूद्ध र निर्मला पन्तकाे न्याय माग्न युवाहरू माइतीघरबाट पक्राउ

जोर बिजोर बिरूद्ध र निर्मला पन्तकाे न्याय माग्न युवाहरू माइतीघरबाट पक्राउ

मंसीर १३, काठमाडौँ । साउथ एसिया प्यासिफिक समिटको क्रममा सवारीका चाप कम गर्नका लागि लागु गरिएको जोर–विजोर नियम विरुद्ध र निर्मला पन्तको न्यायको लागि पनि प्रदर्शन गर्दै गर्दा उत्रिएका पाँच युवा राजधानीको माइतीघरबाट पक्राउ परेका छन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारा सरकारले अझै पत्ता नलगाएको भन्दै विरोधमा युवाहरुले र्याली निकालेका थिए।

पक्राउ पर्नेमा राजु सुनार, मन्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्की रहेका छन् ।निर्मलाको न्यायको लागि निकालिएको र्यालीमा युवाहरुले १३ गतेदेखि १६ सम्म चार दिन उपत्याकाको सडकमा जोर–विजोर नियम लागु गरेको प्रति पनि विरोध जनाएको बुझिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!