Sunday, November 28, 2021
Home > समाचार > भारतको रेकर्ड तोड्दै लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर बन्दना नेपालले राखिन् विश्व किर्तिमान

भारतको रेकर्ड तोड्दै लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर बन्दना नेपालले राखिन् विश्व किर्तिमान

काठमाडौँ – धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपालले लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राखेकी छिन् ।अहिले सम्म कीर्तिमान राख्ने नेपालीको सङ्ख्या विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । त्यस्तै लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर १७ वर्षीय बन्दना नेपालले पनि विश्व कीर्तिमान राखेकी छिन् ।

उनले नच्दानाच्दै चिया, पानी पिउँदै आए पनि उनकोको खुट्टा सामान्य सुन्निएको छ। यसअघि लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय सङ्गीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम भएको थियो । उक्त रेकर्ड बन्दनाले तोडेकी छिन् । सङ्गीतमा सानैदेखि रुची राख्ने बन्दनाले आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरेर नृत्य सिकाइ राखेकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!