Wednesday, November 30, 2022
Home > समाचार > अत्यन्तै दुखद खबर : रोजगारका लागी मलेसिया पुगेका एक सल्यानी ९ महिनामै बाकसमा फर्किए – हेर्नुहोस तस्वीर सहित

अत्यन्तै दुखद खबर : रोजगारका लागी मलेसिया पुगेका एक सल्यानी ९ महिनामै बाकसमा फर्किए – हेर्नुहोस तस्वीर सहित

मंसिर १२, सल्यान ।रोजगारको लागी बिदेश गएको ९ महिनामै एक सल्यानीकाे मृत्यु भएको छ ।गएको चैत्रमा रोजगारको लागी मलेसिया पुगेका सल्यान शारदा नगरपालिका वडा नम्बर १२ अम्राई टाकुराका १८ वर्षिया सुशील खडकाको ९ महिनामै बाकसमा लास फिर्ता भएको छ । मलेसियाको ग्लोव्स कम्पन्नीमा काम गर्ने उनि कोठामा सुतिरहेको बेला मंसिर ६ गते मृत अवस्थामा भेटिएको पारिवारीक श्रोतले बताएको छ ।

उनको शवलाई परिवारको आग्रहमा स्वदेश ल्याएर आज बुधबार अन्त्यस्टी गरिएको हो । धनकमाउन बिदेश पुगेका खड्काको यसरी बाकसमा लास आउदा उनको घरपरिवार र आफन्तहरु विक्षिप्त र भावविवहल अवस्थामा देखिएका थिए ।

सरकारले युवाहरुलाई स्वदेशमा नै रोजगारिको व्यवस्था गर्ने र ५ वर्ष भित्र युवाहरुलाई बिदेश पलाईन हुनवाट रोक्ने सपना बाँडिरहेको बेला दिनदिनै युवाहरु विदेश पलायन हुने र केहि बाकसमा लास बनेर फिर्ता हुने अवस्था बढिरहेको छ । जोस र जाँगर भएका युवाहरुलाई सरकारले स्वदेशमै रोजगार श्रृजना गरेर यसरी बाकसमा लास बनेर आउनबाट कहिले राक्ला ?
हिमाल यात्रीको सहयोगमा

Leave a Reply