Friday, May 27, 2022
Home > समाचार > मोरङको लेटाङमा श्रीमती द्वारा श्रीमानमाथि खुकुरी प्रहार

मोरङको लेटाङमा श्रीमती द्वारा श्रीमानमाथि खुकुरी प्रहार

विराटनगर : मोरङको लेटाङ नगरपालिका- २ बुधबारेमा श्रीमान श्रीमतीबीच भएको झगडामा श्रीमान घाइते भएका छन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर आएका ३४ वर्षीय केशर राई र उनकी श्रीमती ३४ वर्षीय शशीकला राईबीच झगडा भएको थियो।

वादविवाद हुँदै जाँदा केशरको हातमा रहेको खुकुरी खोसाखोस गर्ने क्रममा खुकुरीले टाउकोमा लागेर केशर घाइते भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवाडाले बताए।

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि घाइतेलाई विराटनगर ल्याइको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!