Saturday, July 17, 2021
Home > समाचार > नेपाली चेली बन्दना गिनिज बुकमा नाम लेखाउन अब केहि घण्टा बाँकी, यसरी निरन्तर नाच्दैछिन् -हेर्नुहोस (भिडियो सहित)

नेपाली चेली बन्दना गिनिज बुकमा नाम लेखाउन अब केहि घण्टा बाँकी, यसरी निरन्तर नाच्दैछिन् -हेर्नुहोस (भिडियो सहित)

काठमाण्डौंं । धनकुटाकी वन्दना नेपाल निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गर्ने तयारीमा जुटेकी छन् । गिनिज बुकमा नाम लेखाउनका लागि काठमाडौँ आएकी उनी १ सय १२ घण्टा यता निरन्तर नाचिसकेकी छिन् ।

उनले लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कड राख्ने लक्ष्य लिएकी छन्।गिनिज बुकमा नाम लेखाउने उदेश्यले उनी मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौँको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा नृत्य गरिरहेकी हुन्।

गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ। भारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने विश्वास लिएको बन्धना नेपाल फाउन्डेसनले जनाएको छ।

चिकित्शकका अनुसार लगातार ४८ घण्टा अनिदो बस्नेलाई हृदयघात भई मृत्यू समेत हुने जोखिम हुन्छ । तर बन्धनाले १ सय १२ घण्टा बढी नाचिसक्दा समेत कुनै समस्या नभएको चिकित्सकले बताएका छन्। भिडियो हेर्नुहोस….

Leave a Reply

error: Please Dont Copy My Content!! !!