काठमाडौं, ११ मंसिर । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३०६ औं एपिसोड हो । आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।यसका साथै आजको एपिसोडमा वीरगन्जका मेयर विजय सरावगी मेयर पदको सपथ ग्रहण गरेका दिन आफुले कुनै पनि सरकारी सुविधा नलिने बताएका थिए । तर उनले केही दिन अघि मात्र ७१ लाल रुपैयामा नयाँ गाडी किनेका छन् । यसै विषयमा वीरगन्जका मेयर विजय सरावगीसँग कार्यक्रममा प्रत्यक्ष कुराकानी गरिएको छ ।
आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. भाषणमा गाडी चाहिदैन भन्ने वीरगन्जका मेयरले किने ७१ लाखको गाडी !वीरगञ्ज । वीरगन्जका मेयर विजय सरावगी मेयर पदको सपथ ग्रहण गरेका दिन आफुले कुनै पनि सरकारी सुविधा नलिने बताएका थिए ।तर आफुले गरेको वाचा उन्ले व्वहारत लागु गरेन्न । सैवा सुविधा पनि सवै लिए र महानगरपालिकाका गाडीहरु टाटा सुमो हाइलक्स छदा छदै केही दिन अघि मात्र ७१ लाल रुपैयामा नयां गाडी किनेका छन् ।
२. बलात्कारी प्रोफेसरको पक्ष छाडेर पीडित सानीमायाँकै पक्षमा महिला वकिल !काठमाडौं । हाम्रो यस कार्यक्रममा राजधानीका चलेका कलेजहरुमा पढाउने भारतीय नागरिक वि.एस. गौतम भट्टचार्याले आफ्नै विद्यार्थीलाई ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गरेको देखायौं ।सानीमायाँको फोटा, भिडियो राखेर ब्ल्याकमेल गर्दैगर्दा रंगेहात पक्राउ परेपछि उनका पक्षकी वकिलले अदालतबाट भन्दै पीडितलाई फोन गरेको पनि देखायौं ।
३. ‘सीधाकुरा’ टीमलाई २४ घण्टा भित्र सिध्याउने दलालको धम्की !काठमाडौं । रोजगारीको लागि आयरल्याण्ड पठाउने बाहानामा लाखाैं ठग्ने कमल न्यौपानेको गिरोहको विषयमा यस अघिको कार्यक्रममा रिपोर्टिङ गरेका थियाैं । अहिले पीडित युवाहरुले पैसा माग्दा आँफु गृहमन्त्रीको मान्छे भएको भन्दै धम्काएको समेत देखाएका थियौँ ।कमल न्यौपाने यिनै व्यक्ति हुन् जसले बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई आयरल्याण्डको नक्कली भिषा थमाउँदै गृहमन्त्रीको मान्छे भन्दै धम्काउँदै हिँड्छन् ।