Thursday, December 9, 2021
Home > समाचार > कञ्चनपुर निर्मला पन्त हत्याकाण्ड चार महिना पछी आयो यस्तो दुखद खबर सबैले शेयर गरौ

कञ्चनपुर निर्मला पन्त हत्याकाण्ड चार महिना पछी आयो यस्तो दुखद खबर सबैले शेयर गरौ

काठमाडौं, १० मंसिर । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएका छन् ।केही समयअघि मन्त्रिपरिषद् बैठकको निर्णय सात दिनपछि मात्र सुनाउने भनेर चर्चामा आएका बास्कोटाले हालै सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको बताइएको छ ।निर्मला प्रकरणसम्बन्धी समाचारले सरकारको लोकप्रियतामा ह्रास आएको भन्दै त्यससम्बन्धी समाचार, आलोचनात्मक लेख केही नदिन उनले निर्देशन दिएको रेडियो नेपालका एक पत्रकारले जानकारी दिए ।मन्त्री बास्कोटाले निजी सञ्चारमाध्यमले निर्मला पन्त प्रकरणलाई प्रमुख स्थान दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

सरकारी सञ्चारमाध्यमले निर्मला पन्तसम्बन्धी सामग्री नदिँदा सरकारलाई रचनात्मक सहयोग पुग्ने उनको अपेक्षा थियो । मन्त्री बास्कोटाको सो निर्देशनलगत्तै चारवटा सरकारी सञ्चारमाध्यममा निर्मला पन्त प्रकरणका सामग्री ‘ब्ल्याक आउट’ भएको छ ।दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी आलोचित र विवादमा पार्ने मुख्य प्रकरण निर्मला पन्तको हत्या घटना भएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको सोमबार चार महिना पुगेको छ ।तर, अहिलेसम्म उनको बलात्कार र हत्यामा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन । प्रहरीको उच्च अधिकृतको नेतृत्व अहिले पनि निर्मला पन्त हत्याका दोषी खोजीकार्य भइरहेको छ । तर, सबै प्रमाण नष्ट पारिसकेकाले प्रहरीको प्रयास निरर्थक बन्दै गएको छ । source: mideanp

निर्मलाको बहिनी हरुको पीडा : खानेपिउने ठेगान छैन ,

आमाबुबा ४ महिनादेखि न्याय माग्दै हिँडेका छन्  , ‘स्कुल जान्छौं, पढ्न सक्दैनौं’कञ्चनपुर । आमाबुबा ४ महिनादेखि न्याय माग्दै हिँडेका छन् । खानेपिउने ठेगान छैन । कहिले नाराजुलुस त कहिले धर्ना । अहिले उपचारमा काठमाडौं गएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दिदी मनीषा र बहिनी सर स्वती जेजस्तो समस्या आइपरे पनि स्कुल जान छाडेका छैनन् । आफैं खाना बनाउँछन्, खान्छन् र स्कुल जान्छन् । स्कुल नियमित गए पनि मन लगाएर पढ्न सक्दैनन् । निर्मलालाई नै सम्झिरहन्छन् । ‘स्कुल होस् वा घर, जताततै निर्मलाकै चर्चा हुन्छ,’ मनीषाले भनिन्, ‘पढाइमा मनै लाग्दैन, उसकै कुरा मात्र मनमा खेलिरहन्छ ।’ उनलाई आफू पढ्ने मात्रै होइन, बहिनी सरस्वतीको रेखदेख, घरका अन्य काम र खाना बनाउने जिम्मेवारीसमेत थपिएको छ । साउन १० मा घटना हुँदा स्कुलमा बर्खे बिदा थियो । साउन १८ देखि खुल्यो । महिना दिनसम्म पढाइ हुन सकेन । विद्यार्थी र शिक्षकबीच निर्मलाकै मात्र कुरा हुन्थ्यो ।

अनुसन्धान गर्न प्रहरी जाने, शिक्षकदेखि विद्यार्थीसम्मलाई सोधपुछमा ल्याउने गर्दा विद्यार्थीमा त्रास बढ्यो । बिस्तारै स्कुलमा पढाइ हुन थाल्यो । हत्यारा पत्ता लगाउन माग गर्दै चर्केको आन्दोलनले फेरि बन्द भयो । घटना भएको सोमबार ४ महिना बित्यो तर अहिले सम्म बलात्कार र हत्या गर्ने व्यक्तिलाई सरकारले पत्ता लगाउन सकेको छैन । ‘पढ्न बस्यो, झलझली बहिनीको यादले सताउँछ,’ मनीषाले भनिन्, ‘अहिले बाबाको स्वास्थ्य बिग्रेपछि झन् चिन्ता थपियो ।’ मनीषा पढाइमा अब्बल छिन् । कक्षामा सधैं पहिलो दो स्रो । अनुशासित विद्यार्थी र अतिरिक्त क्रियाकलापमा सक्रिय छात्राका रूपमा पनि उनको परिचय बनेको छ । यो वर्ष एसईई परीक्षा दिँदै छिन् । ‘राम्रोसँग पढ्न पाएकी छैन, परीक्षाको कुरा आउँदा मनमा कताकता डर लाग्न थालेको छ,’ उनले भनिन्, ‘अप राधी पत्ता लागे, आन्दोलन सकिए, हाम्रो परिवारमाथि न्याय भए, पढाइमा ध्यान जान्थ्यो कि ।’ ११ वर्षीया सरस्वती पढाइमा मध्यम छिन् । ७ कक्षामा पढ्ने उनी अचेल घर बसेर किताब पल्टाउनै

सक्दिनन् । आमासँगै बस्नेरसुत्ने उनी आमा आन्दोलनमा जान था लेपछि निराश छिन् । बुबाको उपचारका लागि आमा पनि काठमाडौं गएपछि झनै एक्लो महसुस भएको उनले बताइन् । निर्मला घटनापछि स्कुलमा समेत राम्रो पढाइ हुन नसकेको सरस्वती मावि उल्टाखामका प्रधानाध्यापक जगन्नाथ पाण्डेयले बताए । घटनाले छात्रामा त्रास छाएको छ । ‘अपराधी पत्ता नलाग्दा घटना दोहोरिन्छ कि भन्ने डर देखिन्छ,’ उनले भने ।
निर्मलाका बुबा यज्ञराज महेन्द्रनगर बजारमा पानीपुरी बेच्थे । आमा दुर्गादेवी सीमावर्ती बजार वनवासाबाट सामान ओसार्थिन् र घरमै चटपटे बिक्री गर्थिन् । चटपटे बेचेर दुर्गादेवीले छोरीहरूको पढाइ र पालनपोषण गरेकी थिइन् । यज्ञराज कान्छी श्रीमतीसँगै अलग बसे पनि खाद्यान्नसँगै छोरीहरूका लागि चाहिने सामान किनेर पठाउँथे । घटनापछि न पानीपुरीको काम भयो, न चटपटेको । छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै कहिले काठमाडौं त कहिले महेन्द्रनगर धाउनमै ४ महिना बितिसक्यो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!